काठमाडौँ / सरकारले समयमा प्रतिस्थापन विधेयक नल्याउँदा छवटा अध्यादेश एकै पटक निष्क्रिय भएका छन् ।  

महिला हिंसा विरुद्धको कसुरमा हुने कारबाही, तेजाब लगायतका घटनाका कसुरमा हुने कारबाही र रेल–वे सञ्चालनसम्बन्धी अध्यादेशहरू एकै पटक निष्क्रिय भएका हुन् । 

OM Sai Pathibhara Hospital

सरकारले संसद्को चालू अधिवेशन सिफारिसको एक दिनअघि अध्यादेश सिफारिस गरेको थियो । बिहीबारसम्म अस्तित्वमा रहेका ती अध्यादेश मङ्सिर २८ गतेको बैठकमा पेस भएका थिए । 

संसदबाट अध्यादेश पास भएपनि सरकारले विधेयक नल्याएको र प्रतिनिधि सभाको बैठक फागुन २ गतेमात्र बोलाइएका कारण छवटै अध्यादेश तेस्रो निष्क्रिय हुन लागेका हुन् । 

संविधानको धारा ११४ ले दुवै सदन बसेको ६० दिनभित्र प्रतिस्थापन नभएमा स्वतः निष्क्रिय हुने व्यवस्था गरेको छ ।