काठमाडौँ  / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी पिपरा गाउँपालिका –५ का वडाध्यक्षविरुद्ध सार्वजनिक सम्पत्ति महिनामहिनाको अभियोगमा मुद्दा दायर गरेको छ । 

आयोगले वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध बिहीबार ३५ लाख २१ हजार २ सय ४ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

OM Sai Pathibhara Hospital

यादवले सुब्बा–पोखरीको ठेक्का वापत बुझाउनुपर्ने रकम वडाध्यक्ष भएपछि पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम नबुझाई आफूलाई गैरकानुनी लाभ पुर्‍याएको आयोगको आरोप छ । 

यादव वडाध्यक्ष हुनुपूर्व २०७१ भदौ १ देखि २०७६ भदौ मसान्तसम्म सुब्बा पोखरीको ठेक्का लिएका थिए । पाँच वर्षे अवधिमा ५४ लाख ६४ हजार ६ रुपैयाँको ठेक्का सकाएका थिए ।

यादवले २०७३ माघ ४ सम्ममा १९ लाख ४२ हजार ८ सय १ रुपैयाँ साविक सहोडवा गाउँ विकास समितिलाई बुझाएका थिए । तर उनी वडाध्यक्षमा निर्वाचित भएपछि पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम बुझाएन । 

वडाध्यक्ष भएपछि पदीय प्रभाव प्रयोग गरी ठूलो सुब्बा पोखरीको ठेक्का रकम नबुझाएको आयोगको दाबी छ ।