काठमाडौं / नेकपा(एमाले) ले सातै प्रदेशमा ‘स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम’ गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले उक्त कार्यक्रमको भर्चुअल माध्यमबाट आज दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ । 

पार्टी कार्यालय थापाथलीबाट उद्घाटन हुने कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, संघीय सांसदहरु, प्रदेशसभा सदस्यहरु तथा जिल्ला कमिटीका पदाधिकारीहरु एवम् प्रशिक्षणका लागि तोकिएका प्रशिक्षार्थीहरु सहभागी हुने बताइएको छ ।

OM Sai Pathibhara Hospital

एमाले दुई दिने प्रशिक्षणको समय तालिका र स्थान यसअघि नै सार्वजनिक गरिसकेको छ । जसमा प्रदेश नम्बर १ मा फागुन १ र २, विराटनगर हुनेछ भने मधेस प्रदेशको फागुन ३ र ४, जनकपुर तथा वागमती प्रदेशको फागुन ६ र ७ गते काठमाडौंमा हुनेछ । त्यसैगरी, गण्डकी प्रदेशको प्रशिक्षण फागुन ८ र ९ पोखरा, लुम्बिनी प्रदेशको फागुन ११ र १२, बुटवलरदाङ, कर्णाली प्रदेशको फागुन १४–१५, सुर्खेत र सुदूरपश्चिम प्रदेशको फागुन १६–१७, धनगढीमा हुने भएको छ ।