धनगढी  / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कञ्चनपुरमा एक वडा अध्यक्षलाई कालोमोसो दलेका छन् ।

बिहीबार एकीकृत जनक्रान्ति युवा संगठन नेपाल कञ्चनपुरले जिल्लाको बेल्डाडी गाउँपालिका –२ का अध्यक्ष प्रेम खातीलाई कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् ।

OM Sai Pathibhara Hospital

वडाध्यक्ष खातीमाथि वडा कार्यालय भवनको भाडा एकठाउँ दिने अनि कार्यालय भने गाउँपालिका भित्र रहेको, एकल महिलाका लागि २८ लाखमा बनाएको ४ कोठे भवनमा अनियमितता गरेको, वडा कार्यालयमा उपस्थित नभई सेवाग्राहीलाई दुख दिएको लगायतका आरोप उनीहरूको आरोप छ।

यस्तै, उनीहरुले खातीमाथि बसपार्कका लागि ल्याएको २७ टिप्पर बालुवा बेचेको, मनोमानी तबरले कर्मचारीहरुको नियुक्ति गरेको जस्ता आरोप लगाएका छन्।