राजनीति

    Showing 8,191-8,200 of 10,378 items.
  • स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ यी

     काठमाडौं / चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेश मन्त्री यी आज(आइतबार) स्वदेश फकिएका हुन् । विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाइ गरेका छन् । 

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 98 पटक पढिएको
  • ओली र प्रचण्डले पालैपालो भेटे चिनियाँ विदेशमन्त्रीलाई

    काठमाडाैँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् । विदेशमन्त्री वाङलाई अध्यक्ष ओलीले नक्सालस्थित मेरियट होटलमा गएर भेटेका हुन् । अध्यक्ष ओली र विदेशमन्त्री वाङबीच दुई पक्षीय सहयोग र सम्बन्धलाई निरन्तरता दिनेबारे छलफल भएको एमाले नेता राजन भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार ओलीले नेपाल चीनबीच भएको सम्झौता बीआरआई परियोजना अघि बढाउन वाङ यीसँग आग्रह गरेका छन् । अध्यक्ष ओलीले भेटे लगतै वाङ यीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली नक्सलस्थित मेरियट होटलमा गएर भेटवार्ता गरेका छन् ।&nbs

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 90 पटक पढिएको
  • प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता

    काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । गृहमन्त्री खाँणले आज बिहान खुमलटारमा पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।उनीहरूबीच भएको भेटघाटमा  स्थानीय तह निर्वाचन, शान्ति सुरक्षाका वर्तमान अवस्था र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 97 पटक पढिएको
  • राष्ट्रपति भण्डारी र चीनका विदेशमन्त्री वाङ यी बीच शिष्टाचार भेट

    काठमाडौँ  / राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन् । तीनदिने नेपाल भ्रमणका क्रममा आइबार राष्ट्रपति भवन शीतलनिवासमा वाङ यीले शिष्टाचार भेट गरेका हुन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणमा शुक्रबार काठमाडौं आइपुगेका हुन् । 

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 115 पटक पढिएको
  • आज प्रदेश १ को प्रदेश सभा बैठक बस्दै

    बिर्तामोड / प्रदेश १ को प्रदेश सभा बैठक  आज(आइतवार) संसद् भवन विराटनगरमा बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने बताइएको छ । विद्येयकमाथि बिहीबारदेखि छलफल भइरहेको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् । बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिँदै आएका छन् । प्रदेश सभा गठन भएको चार वर्ष बितिसक्दा पनि अझैसम्म प्रदेश १ नामबिहीन छ । प्रदेशको नामको रूपमा भने किरात, लिम्बुवान, सगरमाथा, कोसी, किरात–सगरमाथा, किरात–कोसी आएका छन् ।प्रदेश संसद्मा रहेकामध्ये अधिकांश

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 178 पटक पढिएको
  • परराष्ट्रमन्त्री खड्कासँग र चिनियाँ विदेशमन्त्री वाङ बिच भेटवार्ता

    काठमाडौँ / नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री डा.नारायण खड्का बिच आज(शनिबार) भेटवार्ता भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज नेपाल र चिनियाँ समकक्षीबीच भेटवार्ता भएको हो ।भ्रमण तालिका अनुसार दुई परराष्ट्रमन्त्रीबीच शनिबार भएको छलफलपछि प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ । त्यसपछि शनिबार नै नेपाल र चीनबीच विभिन्न सम्झौतामा दुईपक्षीय छलफल हुनेछ ।चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछन् । शुक्रबार नेपाल आएका विदेशमन्त्री यी आइतबार स्वदेश फर्किनेछन् ।

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 106 पटक पढिएको
  • एकीकृत समाजवादीले गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्दै

    काठमाडौं / माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्ने भएको छ । महासचिव डा. बेदुराम भुसाल नेतृत्वमा कार्यदल गठन गरिने एकीकृत समाजवादीका पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।खतिवडाका अनुसार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत दलसँग गठबन्धन गर्न संवाद गर्ने कार्याधिकार कार्यदललाई दिइने छ । एकीकृत समाजवादी पार्टी पहिलोपटक निर्वाचनमा जाँदैछ । निर्वाचनबाट राष्ट्रिय दल बन्न चुनौती छ । महाकाली सन्धिप्रति विरोध जनाउँदै २०५४ मा एमालेबाट अलग भएर नेता वामदेव गौतम नेतृत्वमा नेकपा (माले) गठन हुँदा

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 98 पटक पढिएको
  • स्थानीय तहको निर्वाचनका लागि तनहुँमा २३ राजनीतिक दल दर्ता

    तनहुँ / आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँमा २३ राजनीतिक दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ दलसहित सत्र दलले निर्वाचनका लागि विवरण बुझाएका हुन् । सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए। दलबाहेक अन्य व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न चाहे स्वतन्त्र रुपमा चुनावमा उठ्न सक्ने छन् । राष्ट्रिय मान्यता प्राप्तबाहेक सत्र वटा दललाई उनीहरूको विधानमा उल्लेख भए अनुरुपको चुनाव चिह्न प्रदान गरिने उनले बताए ।चैत १३ गतेभित्र जिल्लाको अन्तिम मतदाता नामावली प्रकाशित गरिने कार्यालय प्रमुख ढकालले

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 92 पटक पढिएको
  • प्रधानमन्त्रीले बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई काठमाडौँबाटै सम्बोधन गर्ने

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्रावधिक तथा आर्थिक सहयोगका बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौ शिखर सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । श्रीलङ्काको राजधानी कोलम्बोमा हुने बिमस्टेक शिखर सम्मेलनलाई प्रधानमन्त्री देउवाले काठमाडौँबाटै सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । बिमस्टेकको पाँचौँ शिखर सम्मेलन चैत्र १६ गतेदेखि सुरु हुँदैछ । सम्मेलनमा सहभागिता जनाउन परराष्ट्रमन्त्री नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डल भने कोलम्बो जाने भएको छ । बिमस्टेकको पाँचौं सम्मेलन हाइब्रिड (आधा भर्चुअल र आधा भौतिक उपस्थिति) शैलीमा हुने भएको छ ।

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 97 पटक पढिएको
  • तराई मधेश जनता पार्टीद्धारा स्थानीय निर्वाचन बहिष्कार गर्ने घोषणा

    रूपन्देही / तराई मधेश जनता पार्टी (टाईगर्स)ले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनाव बहिष्कार गर्ने घोषणा गरेको छ । शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी सरकार र पार्टीबीच भएको ११ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै स्थानीय निर्वाचन बहिष्कार गरेको घोषणा गरेको हो । पार्टीका केन्द्रीय सहसचिव मेजर पाण्डेले ११ बुँदे सम्झौता कार्यान्वयन नभएको, सुकुम्बासीको समस्या समाधान नभएको, अझै पनि कतिपय नागरिक नागरिकताबाट वञ्चित हुनुपरेकाले पार्टीले निर्वाचन बहिष्कार गर्ने बताए ।पटकपटक सरकारसँग माग पुरा गर्न आग्रह गरे पनि पूरा नभएको उनको भनाई छ । अब शान्तिपूर्ण आन्दोलनमा उत्रिने पाण्डेले बताए । 

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 113 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.