रूपन्देही / तराई मधेश जनता पार्टी (टाईगर्स)ले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनाव बहिष्कार गर्ने घोषणा गरेको छ । 

शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी सरकार र पार्टीबीच भएको ११ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै स्थानीय निर्वाचन बहिष्कार गरेको घोषणा गरेको हो । 

OM Sai Pathibhara Hospital

पार्टीका केन्द्रीय सहसचिव मेजर पाण्डेले ११ बुँदे सम्झौता कार्यान्वयन नभएको, सुकुम्बासीको समस्या समाधान नभएको, अझै पनि कतिपय नागरिक नागरिकताबाट वञ्चित हुनुपरेकाले पार्टीले निर्वाचन बहिष्कार गर्ने बताए ।

पटकपटक सरकारसँग माग पुरा गर्न आग्रह गरे पनि पूरा नभएको उनको भनाई छ । अब शान्तिपूर्ण आन्दोलनमा उत्रिने पाण्डेले बताए । 

मधेसवादी दल सत्तामा पुगेर जनताप्रति जिम्मेवार हुन नसकेको र जनतालाई वेवास्ता गरेको उनको आरोप लगाए ।