काठमाडौं / माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्ने भएको छ । 

महासचिव डा. बेदुराम भुसाल नेतृत्वमा कार्यदल गठन गरिने एकीकृत समाजवादीका पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

खतिवडाका अनुसार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत दलसँग गठबन्धन गर्न संवाद गर्ने कार्याधिकार कार्यदललाई दिइने छ । 

एकीकृत समाजवादी पार्टी पहिलोपटक निर्वाचनमा जाँदैछ । निर्वाचनबाट राष्ट्रिय दल बन्न चुनौती छ ।

महाकाली सन्धिप्रति विरोध जनाउँदै २०५४ मा एमालेबाट अलग भएर नेता वामदेव गौतम नेतृत्वमा नेकपा (माले) गठन हुँदा उक्त दलले २०५६ मा भएको निर्वाचनमा एक सिट पनि जितेन ।