काठमाडाैँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् । विदेशमन्त्री वाङलाई अध्यक्ष ओलीले नक्सालस्थित मेरियट होटलमा गएर भेटेका हुन् । 

अध्यक्ष ओली र विदेशमन्त्री वाङबीच दुई पक्षीय सहयोग र सम्बन्धलाई निरन्तरता दिनेबारे छलफल भएको एमाले नेता राजन भट्टराईले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

भट्टराईका अनुसार ओलीले नेपाल चीनबीच भएको सम्झौता बीआरआई परियोजना अघि बढाउन वाङ यीसँग आग्रह गरेका छन् । 

अध्यक्ष ओलीले भेटे लगतै वाङ यीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली नक्सलस्थित मेरियट होटलमा गएर भेटवार्ता गरेका छन् । 

प्रचण्ड र वाङबीच दुई देशबीच र दुई पार्टी बीचको सम्बन्धको बारेमा कुराकानी भएको माओवादी नेता शक्ति बस्नेतले जानकारी दिए । 

नेपालको तीनदिने भ्रमणमा रहेका विदेशमन्त्री वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।