हुँ / आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँमा २३ राजनीतिक दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ दलसहित सत्र दलले निर्वाचनका लागि विवरण बुझाएका हुन् । 

सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए। दलबाहेक अन्य व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न चाहे स्वतन्त्र रुपमा चुनावमा उठ्न सक्ने छन् । 

OM Sai Pathibhara Hospital

राष्ट्रिय मान्यता प्राप्तबाहेक सत्र वटा दललाई उनीहरूको विधानमा उल्लेख भए अनुरुपको चुनाव चिह्न प्रदान गरिने उनले बताए ।

चैत १३ गतेभित्र जिल्लाको अन्तिम मतदाता नामावली प्रकाशित गरिने कार्यालय प्रमुख ढकालले जानकारी दिए।