काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्रावधिक तथा आर्थिक सहयोगका बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौ शिखर सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । 

श्रीलङ्काको राजधानी कोलम्बोमा हुने बिमस्टेक शिखर सम्मेलनलाई प्रधानमन्त्री देउवाले काठमाडौँबाटै सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

बिमस्टेकको पाँचौँ शिखर सम्मेलन चैत्र १६ गतेदेखि सुरु हुँदैछ । सम्मेलनमा सहभागिता जनाउन परराष्ट्रमन्त्री नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डल भने कोलम्बो जाने भएको छ । 

बिमस्टेकको पाँचौं सम्मेलन हाइब्रिड (आधा भर्चुअल र आधा भौतिक उपस्थिति) शैलीमा हुने भएको छ ।