काठमाडौँ / नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपालका परराष्ट्रमन्त्री डा.नारायण खड्का बिच आज(शनिबार) भेटवार्ता भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज नेपाल र चिनियाँ समकक्षीबीच भेटवार्ता भएको हो ।

भ्रमण तालिका अनुसार दुई परराष्ट्रमन्त्रीबीच शनिबार भएको छलफलपछि प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ । त्यसपछि शनिबार नै नेपाल र चीनबीच विभिन्न सम्झौतामा दुईपक्षीय छलफल हुनेछ ।

OM Sai Pathibhara Hospital

चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछन् । शुक्रबार नेपाल आएका विदेशमन्त्री यी आइतबार स्वदेश फर्किनेछन् ।