बिर्तामोड / प्रदेश १ को प्रदेश सभा बैठक  आज(आइतवार) संसद् भवन विराटनगरमा बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने बताइएको छ । 

विद्येयकमाथि बिहीबारदेखि छलफल भइरहेको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् । बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिँदै आएका छन् । 

OM Sai Pathibhara Hospital

प्रदेश सभा गठन भएको चार वर्ष बितिसक्दा पनि अझैसम्म प्रदेश १ नामबिहीन छ । प्रदेशको नामको रूपमा भने किरात, लिम्बुवान, सगरमाथा, कोसी, किरात–सगरमाथा, किरात–कोसी आएका छन् ।

प्रदेश संसद्मा रहेकामध्ये अधिकांश सांसद किरातसँग सगरमाथा र कोसी जोड्नुपर्ने पक्षमा छन् ।