काठमाडौँ  / राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन् । 

तीनदिने नेपाल भ्रमणका क्रममा आइबार राष्ट्रपति भवन शीतलनिवासमा वाङ यीले शिष्टाचार भेट गरेका हुन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणमा शुक्रबार काठमाडौं आइपुगेका हुन् ।