काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । गृहमन्त्री खाँणले आज बिहान खुमलटारमा पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

उनीहरूबीच भएको भेटघाटमा  स्थानीय तह निर्वाचन, शान्ति सुरक्षाका वर्तमान अवस्था र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।