राजनीति

    Showing 8,071-8,080 of 10,374 items.
  • विद्यालयमा संगठन बनाउने अभिव्यक्ति दिएपछि विवादमा तानिए देउवा

    बिर्तामोड / विद्यालयहरूमा विद्यार्थी सङ्गठन बनाउने अभिव्यक्ति दिएपछि स्थानीय निर्वाचनको मुखमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विवादमा तानिएका छन् । नेपाल विद्यार्थी सङ्घले मङ्गलवार आयोजना गरेको एउटा कार्यक्रममा देउवाले विद्यालयहरूमा विद्यार्थी सङ्गठन बनाउने अभिव्यक्ति दिएपछि विवादमा तानिएका हुन् । देशको उच्च तहको प्रमुख पदमा भएका व्यक्तिको अभिव्यक्ति गैरजिम्मेवार र कानुन विपरीत भएको भन्दै संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव कुलचन्द्र गौतमदेखि शिक्षाविद्‌ र सामाजिक सञ्जाल प्रयोगकर्तासम्मले प्रधानमन्त्रीको आलोचना गरिरहेका छन्।बालबालिकासम्बन्धी ऐन २०७५ ले राजनीतिक

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • 135 पटक पढिएको
  • ५० प्रतिशतसम्म स्थानीय कर कटौतीको गर्ने राप्रपाको घोषणा (पूर्णपाठसहित)

    बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न स्थानीय तह निर्वाचनमा जित हासिल गरे हाल कायम स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशतसम्म स्थानीय कर कटौती गरेर न्यनतम करको व्यवस्था गर्ने घोषणा गरेको छ । बुधबार स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले स्थानीय तहले जथाभावी कर असुलेको गुनासो आइरहेको भन्दै ५० प्रतिशतसम्म करको दर घटाउने घोषणा गरेको हो ।राप्रपाको घोषणा पत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, खानेपानी, कर व्यवस्था युवा तथा खेलकुदलगायतका विषयमा पार्टीले गर्नसक्ने कामका सन्दर्भमा स्पष्ट गरिएको छ । रोजगारमूलक उद्योग स्थापना गर्न

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • 116 पटक पढिएको
  • आज घोषणापत्र सार्वजनिक गर्दै राप्रपा

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बुधबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता (घोषणापत्र) पत्र सार्वजनिक गरिने भएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् । घोषणापत्र मार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजना ल्याउने तयारी गरेको छ । नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले यसअघि नै घोषणापत्र र प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छन् ।

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • 111 पटक पढिएको
  • कांग्रेस नेता श्रेष्ठ राप्रपामा प्रवेश

    बिर्तामोड / नेपाली कांग्रेस कन्काईका प्रभावशाली नेता रमेश श्रेष्ठ राप्रपा प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पार्टीले मेयरको टिकट नदिएको प्रति असन्तुष्ट जनाउदै आएका श्रेष्ठले आसन्न स्थानीय तह निर्वाचनको मुखमा राप्रपा प्रवेश गरेका हुन् । राप्रपामा प्रवेश गर्दै नेता श्रेष्ठले कांग्रेसमा भएको झुटको राजनीतिमा आफू सिकार बनेको बताउँदै आसन्न निर्वाचनमा खुट्टा कमाउँदै अघि बढेको कांग्रेसलाई अब न्यायप्रेमी जनताले चाँडै फैसला गरिदिने बताएका छन् । निर्वाचनको सङ्घारमा आएर पनि कांग्रेसको ढुलमुले प्रवृत्तिले अन्य दलहरूलाई नै सहज हुँदै गएको भन्दै नेता श

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • 124 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : दमकमा कांग्रेस र राप्रपाबीच चुनावी तालमेल, ओलीलाई विरासत जोगाउन चुनौती

    बिर्तामाेड / आसन्न स्थानीय तहको निर्वाचनमा झापाको दमकमा सत्ता गठबन्धनको प्रमुख घटक दल नेपाली कांग्रेसले राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गर्ने भएसँगै एमालेलाई आफ्नो विरासत जोगाउन चुनौती देखिएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपासँग कांग्रेसले राप्रपासँग चुनावी तालमेल गर्ने निर्णय गरेपछि एमालेलाई आफ्नो विरासत जोगाउन चुनौती देखिएको हो । दमक ओलीको गृह नगर हो । २०७४ को स्थानीय तह निर्वाचनमा दमक नगरपालिकामा एमालेका रोमनाथ ओली विजयी भएका थिए । तर आसन्न स्थानीय तहको निर्वाचनमा भने एमालेलाई हराउन राप्रपा र काङ्ग्रेस एक

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • 142 पटक पढिएको
  • २०० युनिट बिजुली निशुल्क उपलब्ध गराउने नेकपा एसको घोषणा [पूर्णपाठ]

    बिर्तामोड / नेकपा (एकीकृत समाजवादी) पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा जित हासिल गरे प्रत्येक घर परिवारलाई दुई सय युनिट बिजुली निशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार मंगलबार स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै एकीकृत समाजवादीले विद्युत सेवा नपुगेका हरेक घरमा बिजुली पुर्याउने र स्थानीय सरकारमार्फत हरेक घर परिवारलाई वार्षिक रुपमा २०० युनिटसम्म विद्युत महसुलमा छुट दिइने घोषणा गरेको हो ।एकीकृत समाजवादीले घोषणा पत्रमा जथाभावी मदिरा सेवनले विकृति र आपराधिक घटना बढेको भन्दै मदिरा बिक्रीवितरणमा कडाइ गर्नुपर्ने उल्लेख गरेको छ । त्यस्तै घोषणापत्रमा नेपाल नेतृत्वको स

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 104 पटक पढिएको
  • सार्वजनिक कार्यक्रममै देउवा र पौडेलको भनाभन

    काठमाडौँ / आसन्न स्थानीय तहको निर्वाचनमा प्रतिपक्षी दलहरूलाई परास्त गर्न बनेको पाँच दलीय गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका नेताहरूबीच चुनावी तालमेललाई लिएर सार्वजनिक स्थलमै भनाभन भएको छ । मंगलबार नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५३ औँ स्थापना दिवसको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएको हो । कार्यक्रममा बोल्दै नेता पौडेलले देउवालाई प्रधानमन्त्री बनाउन मात्रै गठबन्धन बनेको नभइ अग्रगामी रुपान्तरणकालागि बनेको बताएपछि दुई जनाबीच भनाभन सुरु भएको हो । पौडेलको भनाइलाई खण्डन गर्दै देउवाले सभापति द

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 136 पटक पढिएको
  • एमाले बैठकका ८ निर्णय : विभाग थपदेखि घोषणापत्र पारितसम्म

    काठमाडाैँ / आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सोमबार राति बसेको एमाले सचिवालय बैठकले घोषणापत्रको मस्यौदा पारित गरेको एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । घोषणापत्र तयारी समितिले आफ्नो रिपोर्ट पेश गरेको र सोही रिपोर्टलाई बैठकले पारित गरेको गुरुङको भनाइ छ ।घोषणा पत्र भने कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा बैशाख ९ गते मात्र सार्वजनिक गर्ने एमालेको तयारी छ । पार्टी स्थापना दिवसकै दिन थापाथलीमा रहेको केन्द्रीय कार्यालय तुल्सीलाल स्म

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 121 पटक पढिएको
  • गठबन्धन दललाई चुनौती दिँदै एमाले : स्थानी निर्वाचनमा सात दलसँग चुनावी तालमेल गर्दै

    झापा / स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाँच दलीय गठबन्धनलाई हराउन साना दल र समूहसँगको चुनावी तालमेल र गठबन्धनलाई तिव्रता दिएको छ ।स्थानीय तह निर्वाचनमा गठबन्धन दलसँग एक्लै प्रतिस्पर्धा गर्ने बताउँदै आएपनि चुनावमा हार्ने सम्भावना देखेपछि एमालेले चुनावी तालमेल र गठबन्धनलाई तिव्रता दिएको हो ।एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकालको परिवार दल, महन्थ ठाकुर नेतृत्वको लोसपा, सिके राउत नेतृत्वको जनमत पार्टी, नेत्रविक्रम चन्द विप्लवको नेकपा, नारायणमान बिजुक्छेको नेमकिपा र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीदेखि कांग्रेसको असन्तुष्ट (गोविन्दर

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 110 पटक पढिएको
  • सिट बाडँफाँडको टुंगो लगाउन गठबन्धनको बैठक आज बस्दै 

    काठमाडौं / सत्ता गठबन्धनको बैठक मंगलबार बिहान साढे ११ बजे तय भएकोमा सारिएर दिउँसो दुई बजे बस्ने भएको छ । बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँडको विषयमा छलफल हुने सारिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । गठबन्धनका नेताहरू आ–आफ्नो अडानमा कायम रहेपछि महानगर र उप-महानगपालिकाहरुको भागबन्डा टुंगो लागेको छैन ।  

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 122 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.