बिर्तामोड / नेकपा (एकीकृत समाजवादी) पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा जित हासिल गरे प्रत्येक घर परिवारलाई दुई सय युनिट बिजुली निशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । 

मंगलबार मंगलबार स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै एकीकृत समाजवादीले विद्युत सेवा नपुगेका हरेक घरमा बिजुली पुर्याउने र स्थानीय सरकारमार्फत हरेक घर परिवारलाई वार्षिक रुपमा २०० युनिटसम्म विद्युत महसुलमा छुट दिइने घोषणा गरेको हो ।

OM Sai Pathibhara Hospital

एकीकृत समाजवादीले घोषणा पत्रमा जथाभावी मदिरा सेवनले विकृति र आपराधिक घटना बढेको भन्दै मदिरा बिक्रीवितरणमा कडाइ गर्नुपर्ने उल्लेख गरेको छ । 

त्यस्तै घोषणापत्रमा नेपाल नेतृत्वको सरकारले गरेका काम, ०५१ मा एमालेको नौ महिने सरकारले गरेका आफ्नो गाउँ आफैँ बनाऔँलगायतका कार्यक्रम समेत समावेश गरिएको छ । 

स्थानीय सरकारका काममध्ये निःशुल्क रूपमा आमजनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्रमुख प्राथमिकता दिइने उल्लेख छ ।

स्थानीय निर्वाचनमा जित हासिल गरे पुष्पलाल लोकमार्गको सुरुवात गर्ने, काठमाडौं–नीजगढ द्रुत मार्गको सुरुवात गर्ने, हरेक पालिकामा पुस्तकालय बनाउने, प्रत्येक घर घरमा एक वर्षभित्र रिपोर्ट कार्ड बाँडिने, भ्रष्टाचार निर्मूल पार्ने र घरेलु पेय पदार्थलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रान्डिङ गर्ने लगायत कुराहरू समाजवादीको घोषणा पत्रमा उल्ले छ ।  

पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूहरूले गर्न सकिने कामहरू मात्रै अघि सारेको बताएका छन्। हरेक स्थानीय तहमा घोषणापत्र सार्वजनिक गर्नका लागि यसले मूल नीतिबारे प्रष्ट पार्नका लागि घोषणापत्र सार्वजनिक गरिएको उनले बताए।