बिर्तामाेड / आसन्न स्थानीय तहको निर्वाचनमा झापाको दमकमा सत्ता गठबन्धनको प्रमुख घटक दल नेपाली कांग्रेसले राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गर्ने भएसँगै एमालेलाई आफ्नो विरासत जोगाउन चुनौती देखिएको छ । 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपासँग कांग्रेसले राप्रपासँग चुनावी तालमेल गर्ने निर्णय गरेपछि एमालेलाई आफ्नो विरासत जोगाउन चुनौती देखिएको हो । 

OM Sai Pathibhara Hospital

दमक ओलीको गृह नगर हो । २०७४ को स्थानीय तह निर्वाचनमा दमक नगरपालिकामा एमालेका रोमनाथ ओली विजयी भएका थिए । तर आसन्न स्थानीय तहको निर्वाचनमा भने एमालेलाई हराउन राप्रपा र काङ्ग्रेस एक जुट भएका छन् । 

अघिल्लो चुनावमा झापाका हल्दीबारी र कचनकवल दुईवटा गाउँपालिकाको अध्यक्ष राप्रपाले जितेको थियो । ती पालिकाकालाई कायम राखेर अहिले दमक पनि हात पार्ने  राप्रपाले रणनीति बनाएको छ ।

मंगलबार बसेको बैठकमा दमकमा राप्रपाले प्रमुख र कांग्रेसले उपप्रमुख पाउने गरी सहमति भएको नेपाली कांग्रेस नगर सचिव प्रकाश प्रसाईंले जानकारी दिए । १० वडामा भने भागबन्डाको लागि बुधबार पुनः आज (बुधबार) छलफल हुनेछ । 

प्रसाईँका अनुसार राप्रपाले दमकको मेयरमा राम थापालाई उम्मेदवार बनाउने भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गत बैशाख ३ गते नै दमकको मेयरमा थापालाई उम्मेदवार बनाउने घोषणा गरेका थिए । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा दमकमा राप्रपा दोस्रो बनेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीका आफन्त रोमनाथ ओली १० हजार ८०६ मतसहित निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार राम थापाले ७ हजार ६५५ मत ल्याएका थिए । 

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार रेवतराज पुरीले ६ हजार ८९८ मत ल्याएका थिए । दमकमा कांग्रेस चौथो स्थानमा थियो ।