बिर्तामोड / नेपाली कांग्रेस कन्काईका प्रभावशाली नेता रमेश श्रेष्ठ राप्रपा प्रवेश गरेका छन् । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा पार्टीले मेयरको टिकट नदिएको प्रति असन्तुष्ट जनाउदै आएका श्रेष्ठले आसन्न स्थानीय तह निर्वाचनको मुखमा राप्रपा प्रवेश गरेका हुन् । 

OM Sai Pathibhara Hospital

राप्रपामा प्रवेश गर्दै नेता श्रेष्ठले कांग्रेसमा भएको झुटको राजनीतिमा आफू सिकार बनेको बताउँदै आसन्न निर्वाचनमा खुट्टा कमाउँदै अघि बढेको कांग्रेसलाई अब न्यायप्रेमी जनताले चाँडै फैसला गरिदिने बताएका छन् । 

निर्वाचनको सङ्घारमा आएर पनि कांग्रेसको ढुलमुले प्रवृत्तिले अन्य दलहरूलाई नै सहज हुँदै गएको भन्दै नेता श्रेष्ठले कांग्रेसको राजनीतिप्रति सतर्क रहन सर्वसाधारणलाई समेत अपिल गरेका छन् ।

श्रेष्ठले २०४२ सालमा कांग्रेसबाट पार्टीको सदस्यता लिएर राजनीति यात्रा सुरु गरेका थिए । 

नेपाली कांग्रेसका तर्फबाट साविक सुरुङ्गा वडा –३ को वडाअध्यक्षमा निर्वाचित भएका श्रेष्ठ पार्टी राजनीतिमा निडर र हक्की स्वभावका नेताका रुपमा स्थापित हुँदै आएका थिए ।

नेता श्रेष्ठको कार्यकुशलता साथै नेतृत्व क्षमताकै कारण १५ वर्ष सम्मको तीन कार्यकाल नेपाली कांग्रेस साविक सुरुङ्गा गाउँसमितिको पार्टी सभापतिको सफल जिम्मेवारी समेत सम्हालिसकेका छन् ।