काठमाडौँ / आसन्न स्थानीय तहको निर्वाचनमा प्रतिपक्षी दलहरूलाई परास्त गर्न बनेको पाँच दलीय गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका नेताहरूबीच चुनावी तालमेललाई लिएर सार्वजनिक स्थलमै भनाभन भएको छ । 

मंगलबार नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५३ औँ स्थापना दिवसको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएको हो । 

OM Sai Pathibhara Hospital

कार्यक्रममा बोल्दै नेता पौडेलले देउवालाई प्रधानमन्त्री बनाउन मात्रै गठबन्धन बनेको नभइ अग्रगामी रुपान्तरणकालागि बनेको बताएपछि दुई जनाबीच भनाभन सुरु भएको हो । 

पौडेलको भनाइलाई खण्डन गर्दै देउवाले सभापति देउवाले आफूले प्रधानमन्त्री बनाइदेऊ भनेर रामचन्द्र पौडेलसँग नभनेको टिप्पणी गरे । 

सभापति देउवाले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीलाई पोखरा महानगरपालिका जिम्मा लगाउने योजना वनाए पनि पौडेलले आफना ज्वाई  परमेश्वर पोख्रेललाई कांग्रेसबाट पोखराको मेयर बनाउने भएपछि दुइ जनाबीच पफाटाे आएको कांग्रेस नेताहरूकाे बुझाइ छ ।