राजनीति

    Showing 8,041-8,050 of 10,374 items.
  • एमालेले टुंग्यायो मोरङका १५ पालिकामा उम्मेदवार

    विराटनगर / आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मोरङमा १५ पालिकाको प्रमुख र उपप्रमुख टुंगो लगाएको छ । जिल्लाका एक नेताकाअनुसार हालसम्म उर्लाबारी, पथरीशनिश्चरे, सुन्दरहरैँचा, रतुवामाई, लेटाङ, रंगेली, सुनवर्षी, बेलबारी नगरपालिकासँगै जहँदा, धनपालथान, कटहरी, ग्रामथान, कानेपोखरी, बुढीगंगा र केराबारी गाउँपालिकामा प्रमुख तथा उपप्रमुखको टुंगो लागेको हो।एमालेले दक्षिण पूर्वी मोरङको सुनवर्षी नगरपालिकाको मेयरमा श्याम राजवंशी र उपमेयरमा मीरादेवी दास, सुन्दरहरैंचा नगरपालिकाको मेयरमा केदार गुरागाई र उपमेयरमा अकली चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै रंगेली नगरपालिकामा

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 168 पटक पढिएको
  • जसपाले पनि आजै गर्‍यो घोषणापत्र सार्वजनिक

    बिर्तामोड / आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी जनता समाजवादी पार्टी नेपालले तयार पारेको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा जसपाले आइतबार दिउँसो एक कार्यक्रम गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा विभिन्न क्षेत्रका लागि पार्टीको योजना सार्वजनिक गरिएको छ।आजै नेपाली कांग्रेसले पनि चुनावी सङ्कल्प सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले चुनावी सङ्कल्प सार्वजनिक गरेको हो ।यसअघि नेकपा (एमाले), नेकपा ( एकीकृत समाजवादी ) ले घोषणापत्र सार्वजनिक गरिसकेको छ । स्थानीय तहलाई सरकार भनिए पनि शीर्ष पार्टीले धमाधम केन्द्रबाटै घोषणापत्र सार्वजनिक ग

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 97 पटक पढिएको
  • नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक

    काठमाडौँ  / नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा सामाजिक सुरक्षा, स्वास्थ्य शिक्षा जस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको छ ।  कांग्रेसले घोषणा पत्रमार्फत जनतालाई अनावश्यक सपना नबाँड्ने बताएको छ । कांग्रेस महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूप

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 138 पटक पढिएको
  • राप्रपाबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा उप्रेती र उपप्रमुखमा प्याकुरेल

    बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तह निर्वाचनका लागि बिर्तामोड नगरपालिकाको नगरप्रमुख र उपप्रमुख उम्मेदवारहरुको नाम टुंगो लगाएको छ ।राप्रपा जिल्ला अध्यक्ष केशव ओझाका अनुसार राप्रपाबाट बिर्तामोडको नगरप्रमुखमा ध्रुव उप्रेती र उपप्रमुखमा रन्जु प्याकुरेललाई उम्मेदवार बनाइएको हो । त्यस्तै राप्रपाले बिर्तामोड नगरका १० वटै वडाका अध्यक्ष र सदस्य उम्मेदवारहरुको समेत नाम टुंगो लगाएको ओझाले बताए । वडा नं १ मा जनक खड्का, २ मा शंकर रिजाल, ३ मा किरण पौडेल, ४ मा यज्ञराज प्रसाई (राजन), ५ मा प्रकाश घिमिरे, ६ मा राजु पौडेल, ७ मा नवराज भट्टराई (नवीन), ८ मा अजय कार्की, ९

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 267 पटक पढिएको
  • र्‍यापर बालेनले दिए काठमाडौंको मेयरमा उम्मेदवारी

    काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयरमा पछिल्लो समय चर्चामा आएका र्‍यापर बालेन्द्र शाह (बालेन)ले मनोनयन दर्ता गराएका छन् । युवाको तर्फबाट प्रतिनिधत्व गर्दै उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समर्थक युवासहित उम्मेदवारी मनोनयन गरेका हुन् । बालेनले चुनावी घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको योजना ल्याएका छन् भने शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा पनि उनले महत्वाकांक्षी योजना अघि सारेका छन् ।

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 141 पटक पढिएको
  • एमालेले झापाको १५ वटै पालिकामा टुंग्यायो उम्मेद्वार, कुन पालिकामा को ?

    बिर्तामोड / नेकपा एमाले झापाका १५ वटै स्थानीय तहमा आफ्ना उम्मेदवार चयन गरेको छ । एमाले प्रदेश कमिटी बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापाको १५ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरू टुंगो लगाएको प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले जानकारी दिएका छन् । घिमिरेका अनुसार बैठकमा बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा महतारा प्रसाईं र उपप्रमुखमा नगेन्द्रप्रसाद संग्रैलालाई उम्मेद्वार बनाइने निर्णय भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा महतरा एमालेबाटै बिर्तामोड नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन् भने संग्रौला बिर्तामोड –२ का वडाध्यक्षमा निर्व

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 169 पटक पढिएको
  • कांग्रेसबाट उर्लाबारीको मेयरमा चेम्जोङ

    बिर्तामोड / उर्लाबारी नगरपालिकाको मेयरमा शोभा चेम्जोङ पालुङ्वाले उम्मेदवारी दिने भएकी छिन् ।पार्टीले पालुङ्वालाई मेयरमा उठाउने निर्णय गरेपछि उनी मेयरको दाबेदार रहेकी हुन् । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेकी उनी स्थानीय तह निर्वाचनमा उम्मेदवारीको दौडमा रहेकी थिइन् । पालुङ्वा महिला अधिकारकर्मीको रुपमा परिचित रहेकी छिन् । कांग्रेस क्षेत्रीय सभापति रहेका उनका श्रीमान सनम पालुङ्वाको अल्पायुमै निधन भएको थियो । हाल एक छोराका साथमा जीवन निर्वाह गर्दै आएकी उनी कांग्रेस राजनीति र महिला हकहितका सवालमा आफूलाई समर्पित गर्दै आएकी थिइन् ।

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 176 पटक पढिएको
  • गठबन्धनका शीर्ष नेताहरू बैठक बस्दै

    काठमाडौँ / सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक आज आइतबार बस्ने भएको छ ।आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक हुन लागेको हो । त्यस्तै , आइतबार नै गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक पनि बस्ने भएको छ । बिहान बस्ने बैठकको निष्कर्ष शीर्ष नेताहरूको बैठकमा प्रस्तुत गरिने र त्यही अनुसार निर्णय गरिने छ ।

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 104 पटक पढिएको
  • टिकटका लागि जसपाका नेताहरूबीच कुटपिट हुँदा १० नेता घाइते

    धनुषा / आसन्न स्थानीय तह निर्वाचनका लागि टिकटका विषयमा विवाद हुँदा जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच कुटपिट भएको छ ।आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको जसपा प्रदेश कमिटीकाे बैठकमा टिकटको विषयमा भएको विवादले उग्ररूप लिँदा नेता र कार्यकर्ताबीच कुटपिट भएको हो । कुटपिटबाट जसपाका केन्द्रीय कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, जसपा निकट विद्यार्थीका प्रदेश उपाध्यक्ष विकास यादवसहित १० जना नेता तथा कार्यकर्ताहरू घाइते भएका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर समेत रहको रामबाबु यादव, हँसपुर नगरपालिकाको टिकटका लागि रामनारायण कापरी र शहिदनगर नगरपालिकाको टिकट ब

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 127 पटक पढिएको
  • काँग्रेस पार्टी कार्यालय पाँचथरमा तालाबन्दी

    पाँचथर / नेपाली काँग्रेस पाँचथरको पार्टी कार्यालयमा टिकट बाँडफाँडको विषयमा असन्तुष्ट जनाउँदै तालाबन्दी गरिएको छ । काँग्रेस कार्यकर्ताले मनोनयन पत्र दर्ता गर्ने दिनसम्म उम्मेदवारको टुङ्गो नगरेको भन्दै तालाबन्दी गरेका हुन् । आक्रोशित बनेका कार्यकर्ताले पार्टी नेतृत्वले मनोमानी ढङ्गले टिकट बाँडफाँड गर्न खोजेको असन्तुष्टि जनाएका छन् ।  नेपाली काँग्रेस प्रदेशसभा ‘क’ का क्षेत्रीय सचिव सुन्दर आचार्यले पार्टी नेतृत्वले कार्यकर्ताको भावना विपरीत काम गरिरहेका भन्दै पार्टी नेतृत्वको कदम नसच्चिए पार्टी दुर्घटनामा पर्ने बताएका छन् । 

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 164 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.