बिर्तामोड / नेकपा एमाले झापाका १५ वटै स्थानीय तहमा आफ्ना उम्मेदवार चयन गरेको छ । 

एमाले प्रदेश कमिटी बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापाको १५ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरू टुंगो लगाएको प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले जानकारी दिएका छन् । 

OM Sai Pathibhara Hospital

घिमिरेका अनुसार बैठकमा बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा महतारा प्रसाईं र उपप्रमुखमा नगेन्द्रप्रसाद संग्रैलालाई उम्मेद्वार बनाइने निर्णय भएको छ । 

२०७४ को स्थानीय तह निर्वाचनमा महतरा एमालेबाटै बिर्तामोड नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन् भने संग्रौला बिर्तामोड –२ का वडाध्यक्षमा निर्वाचित भएका थिए । 

त्यस्तै मेचीनगर नगरपालिकाको प्रमुखमा गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मीना पोखरेल ९उप्रेती०लाई उम्मेद्वार बनाउने निर्णय भएको घिमिरेले बताएका छन् । बुढाथोकी १ नम्बर प्रदेशसभा सदस्य हुन् भने उप्रेती मेचीनगरकी हालकी उपप्रमुख हुन् । 

एमालेले अर्जुनधारा नगरपालिकाको प्रमुखमा बलदेव गोम्देन तामाङ र उपप्रमुखमा खड्गमायाँ पराजुलीलाई उम्मेद्वार बनाएको छ । गोम्देन २०७४ को स्थानीय तह निर्वाचनमा अर्जुनधारा –१० को वडाअध्यक्षको रुपमा निर्वाचित भएका थिए । नेकपा एमाले अर्जुनधारा नगर अध्यक्ष समेत रहेका गोम्देन पछिलो समय पार्टीको प्रभावशाली नेताको रुपमा चिनिन्छन् । 

पराजुली पनि अघिल्लो निर्वाचनमा अर्जुनधारा –२ वाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् । उनी न्यायिक समितिकी सदस्य समेत रहेकी छिन् ।

दमकको प्रमुखमा हालकी उपमेयर गीता अधिकारी र उपप्रमुखमा अम्बिका खनाल, भद्रपुर नगरपालिकाको प्रमुखमा असारु राजवंशी, उपप्रमुखमा कौशिला अधिकारी, कनकाई नगरपालिकाका प्रमुखमा राजेन्द्र पोखरेल, उपप्रमुखमा मञ्जु प्रसाईँ, गौरादह नगरपालिका प्रमुखमा छत्रपति सुवेदी, उपप्रमुखमा जलबर्षा राजवंशी, शिवसताक्षी नगरपालिका प्रमुखमा रोशन थ्रोपा, उपप्रमुखमा नरमाया कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको जनाइएको छ । 

त्यस्तै बुद्धशान्तिमा अध्यक्ष मीरा भुर्तेल र उपाध्यक्षमा धरणी पोखरेल, हल्दीबारी गाउँपालिकामा अध्यक्षमा डम्बर डिरी, उपाध्यक्षमा शान्ता गौतम, कचनकवल गाउँपालिकामा नेपाली काङ्ग्रेससँगको गठबन्धमा उपाध्यक्षमा नवराज भट्टराई, कमल गाउँपालिकाको अध्यक्षमा भीम राई उपाध्यक्षमा उषा भण्डारी, गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा विजय अग्रवाल उपाध्यक्षमा पुनम न्यौपाने उम्मेद्वार छन् ।

यस्तै एमालेले झापा गाउँपालिकाको अध्यक्षमा गौरीशंकर राजवंशी, उपाध्यक्षमा देवीमाया निरौला र बाह्रदशी गाउँपालिकाको अध्यक्षमा देवेन्द्र चौलागाईँ, उपाध्यक्षमा शान्ता न्यौपानेलाई उम्मेद्वार बनाएको घिमिरेले जानकारी दिएका छन् ।