बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तह निर्वाचनका लागि बिर्तामोड नगरपालिकाको नगरप्रमुख र उपप्रमुख उम्मेदवारहरुको नाम टुंगो लगाएको छ ।

राप्रपा जिल्ला अध्यक्ष केशव ओझाका अनुसार राप्रपाबाट बिर्तामोडको नगरप्रमुखमा ध्रुव उप्रेती र उपप्रमुखमा रन्जु प्याकुरेललाई उम्मेदवार बनाइएको हो । 

OM Sai Pathibhara Hospital

त्यस्तै राप्रपाले बिर्तामोड नगरका १० वटै वडाका अध्यक्ष र सदस्य उम्मेदवारहरुको समेत नाम टुंगो लगाएको ओझाले बताए । 

वडा नं १ मा जनक खड्का, २ मा शंकर रिजाल, ३ मा किरण पौडेल, ४ मा यज्ञराज प्रसाई (राजन), ५ मा प्रकाश घिमिरे, ६ मा राजु पौडेल, ७ मा नवराज भट्टराई (नवीन), ८ मा अजय कार्की, ९ मा कर्णबहादुर कार्की र १० मा पृथ्वी बस्नेतले उम्मेदवारी दिने भएका छन् ।

आज (आइतबार) पत्रकार सम्मेलन गरी सबैको नगर र वडाका सबै उम्मेदवारको नाम सार्वजनिक गर्ने बिर्तामोड नगर समितिका अध्यक्ष तथा उपप्रमुखका उम्मेदवार प्याकुरेलले जानकारी दिए ।