बिर्तामोड / उर्लाबारी नगरपालिकाको मेयरमा शोभा चेम्जोङ पालुङ्वाले उम्मेदवारी दिने भएकी छिन् ।

पार्टीले पालुङ्वालाई मेयरमा उठाउने निर्णय गरेपछि उनी मेयरको दाबेदार रहेकी हुन् । 

OM Sai Pathibhara Hospital

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेकी उनी स्थानीय तह निर्वाचनमा उम्मेदवारीको दौडमा रहेकी थिइन् । पालुङ्वा महिला अधिकारकर्मीको रुपमा परिचित रहेकी छिन् । 

कांग्रेस क्षेत्रीय सभापति रहेका उनका श्रीमान सनम पालुङ्वाको अल्पायुमै निधन भएको थियो । हाल एक छोराका साथमा जीवन निर्वाह गर्दै आएकी उनी कांग्रेस राजनीति र महिला हकहितका सवालमा आफूलाई समर्पित गर्दै आएकी थिइन् ।