बिर्तामोड / आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी जनता समाजवादी पार्टी नेपालले तयार पारेको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा जसपाले आइतबार दिउँसो एक कार्यक्रम गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा विभिन्न क्षेत्रका लागि पार्टीको योजना सार्वजनिक गरिएको छ।

आजै नेपाली कांग्रेसले पनि चुनावी सङ्कल्प सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले चुनावी सङ्कल्प सार्वजनिक गरेको हो ।

OM Sai Pathibhara Hospital

यसअघि नेकपा (एमाले), नेकपा ( एकीकृत समाजवादी ) ले घोषणापत्र सार्वजनिक गरिसकेको छ । स्थानीय तहलाई सरकार भनिए पनि शीर्ष पार्टीले धमाधम केन्द्रबाटै घोषणापत्र सार्वजनिक गरिरहेका छन् ।