धनुषा / आसन्न स्थानीय तह निर्वाचनका लागि टिकटका विषयमा विवाद हुँदा जनता समाजवादी पार्टी (जसपा)का नेताहरूबीच कुटपिट भएको छ ।

आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको जसपा प्रदेश कमिटीकाे बैठकमा टिकटको विषयमा भएको विवादले उग्ररूप लिँदा नेता र कार्यकर्ताबीच कुटपिट भएको हो । 

OM Sai Pathibhara Hospital

कुटपिटबाट जसपाका केन्द्रीय कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, जसपा निकट विद्यार्थीका प्रदेश उपाध्यक्ष विकास यादवसहित १० जना नेता तथा कार्यकर्ताहरू घाइते भएका छन् । 

धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर समेत रहको रामबाबु यादव, हँसपुर नगरपालिकाको टिकटका लागि रामनारायण कापरी र शहिदनगर नगरपालिकाको टिकट बरुण यादवले नपाएको भन्दै कार्यकर्ताहरूले नेतामाथि हातपात गरेका जसपा धनुषाले जनाएको छ ।

बैठकमा संघ सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादव र गजाधर रोहिता यादवलगायतका शीर्ष नेताहरूको समेत उपस्थितिमा रहेको थियो ।