पाँचथर / नेपाली काँग्रेस पाँचथरको पार्टी कार्यालयमा टिकट बाँडफाँडको विषयमा असन्तुष्ट जनाउँदै तालाबन्दी गरिएको छ । काँग्रेस कार्यकर्ताले मनोनयन पत्र दर्ता गर्ने दिनसम्म उम्मेदवारको टुङ्गो नगरेको भन्दै तालाबन्दी गरेका हुन् ।
आक्रोशित बनेका कार्यकर्ताले पार्टी नेतृत्वले मनोमानी ढङ्गले टिकट बाँडफाँड गर्न खोजेको असन्तुष्टि जनाएका छन् ।






































