राजनीति

    Showing 8,011-8,020 of 10,373 items.
  • विप्लव नेतृत्वको नेकपाका नेताद्वय धर्मेन्द्र र सुदर्शन पदमुक्त

    कपिलवस्तु / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई पदमुक्त गरेको छ ।बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरूको सचिवालय बैठकले ओली र बास्तोलालाई निष्कासन गरेको हो । पार्टीको ऐतिहासिक बाह्रौं पूर्ण बैठकले राजनीतिक प्रस्तावसहित सबै निर्णय एक मतले गरेको थियो । चितवनमा आयोजित केन्द्रीय प्रशिक्षणले देशभरिका बुझाइलाई केन्द्रित र एकरूप बनाइदिएको थियो । तर, सचिवालय सदस्य सुदर्शन र कञ्चनले जनक्रान्तिको भावना विपरीत बैठकका निर्णय र नेतृत्वविरुद्ध पार्टी बाहिरका सञ्चारमाध्यममा अराजक तरिकाले अ

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 126 पटक पढिएको
  • टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो : शेखर कोइराला

    झापा / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा फरक विचार राख्नेहरूकाे राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्न भइरहेको बताएका छन् ।आज (बुधबार) बिहान विज्ञप्ति निकालेर नेता कोइरालाले राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षड्यन्त्र पनि भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, –‘सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरूको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरू भएका छन्, कैयन साथीलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षड्यन्त्र पनि भएका

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 119 पटक पढिएको
  • पार्टी नीति विपरित मनोनयन दर्ता गर्नेलाई माओवादीद्वारा कारबाही

    भोजपुर / नेकपा (माओवादी केन्द्र) भोजपुर जिल्ला कमिटीले पार्टीको नीति, निर्णय र निर्देशन विपरित गठबन्धन भन्दा बाहिरको दलको चुनाव चिन्ह लिएर मनोनयन दर्ता गरेको भन्दै तीन जनालाई कारबाही गरेको छ। भोजपुर नगरपालिकाका मोहनसेन राई, षडादन्द नगरपालिकाका शेखर तामाङ र ओमकुमार श्रेष्ठलाई पार्टीले कारवाही गरेको हो । पार्टीको निर्णय विपरित आसन्न स्थानीय तहको चुनावमा मनोनयन गरेको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको माओवादी केन्द्र भोजपुरका संयोजक नरेन्द्र भुजेल (शैलेन्द्र) ले जानकारी दिए । संयोजक भुजेलका अनुसार यसरी पार्टीको निर्णय विपरित जाने जुनसुकै तहका नेतालाई

    • प्रकाशित मितिः वैशाख १४, २०७९
    • 127 पटक पढिएको
  • झापाका १५ पालिका प्रमुखमा १३० जनाको उम्मेद्वारी

    बिर्तामोड / बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि झापामा दुई हजार नौ सय २८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमका अनुसार ११ र १२ गते भएको मनोनयन दर्तामा मेयर पदमा एक सय ३० जनासहित दुई हजार नौ सय २८ जनाले उम्मेद्वारी दिए हुन् । पालिका प्रमुखमा एक सय ३०, उपमेयर र उपाध्यक्षमा एक सय ११ जनाले उम्मेद्वारी दर्ता गरेका मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।गौतमका अनुसार पालिकाको प्रमुख पदका लागि अर्जुनधाराबाट चार, भद्रपुरबाट सात जना, कनकाईबाट आठ, झापाबाट ८, कमलबाट सात, गौरीगञ्जबाट सात, बुद्धशान्तिबाट सात, हल्दीबारीबाट चार, शिवसताक्षी, मेचीनगर,

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 133 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : बिर्तामोडको मेयरमा १० र उपमेयरमा ९ जनाको उम्मेदवारी

    बिर्तामोड / बिर्तामोड नगरपालिकाको मेयर पदका लागि १० जना र उपमेयरका लागि नौ जनाले उम्मेदवारी दिएका छन् । आसन्न स्थानीय तह निर्वाचनका लागि नौ वटा राजनीतिक दल र स्वतन्त्रबाट गरी मेयरमा १० र उपमेयरमा नौ जनाले उम्मेदवारी दिएका हुन् । एमालेबाट मेयरमा पवित्रादेवी महतारा, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भोजराज सिटौला, राप्रपाबाट ध्रुवकुमार उप्रेती , मौलिक जरोकिलोबाट प्रज्वल अधिकारी शर्मा, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट राजकुमार लावती, नेपाल लोकतान्त्रिकबाट अञ्चल धिमाल, जसपाबाट उदय सुरुङ्गा, अमूल परिवर्तन मसिहा पार्टी नेपालबाट मनकुमार खुदाङ लिम्बू र स्वतन्त्रबाट नगेन्द्र अधिकारीले उम्मेद्व

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 207 पटक पढिएको
  • २१ वर्षमै वडा सदस्यमा भिड्दै स्वेता

    बुटवल / रूपन्देहीको सिद्धार्थनगर-६ की स्वेताकुमारी हरिजनले २१ वर्षको उमेरमै वडा सदस्यमा उम्मेदवारी दिएकी छन् । उनले एमालेबाट सिद्धार्थनगर-६ को वडा सदस्यका लागि सोमबार उम्मेदवारी दर्ता गराएकी हुन् ।रूपन्देहीका १६ वटा पालिकामा करिब २४ सय जनाले मनोनयन दर्ता गराएकोमा उनले दलित महिला सदस्यको रुपमा उम्मेदवारी दर्ता गराएकी हुन्उनले युवाहरूको जोस र जाँगरले मात्रै विकासमा गतिशीलता आउन सक्ने विचार धाराका साथ कान्छी प्रतिनिधि बन्दै उम्मेदवारी दिएकी हुन् । हाल स्नातक तहमा अध्ययनरत स्वेताले विकासमा युवाको भूमिका महत्वपूर्ण रहने बताउँदै आएकी छिन् । सिद्धार्थनगर मा एमालेबाट वडाध्यक्षमा रामदयाल

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 122 पटक पढिएको
  • धरानको मेयरमा २२ जनाको उम्मेदवारी (सूचीसहित)

    धरान / सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका लागि २२ जनाको उम्मेदवारी परेको छ ।सोमबार सकिएको मनोनयन दर्ता अवधिमा मेयरका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत १४ राजनीतिक दल एवं ८ स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिएका हुन् ।धरान उपमहानगरपालिकाको मेयर पदमा नेकपा (एमाले)बाट मञ्जु भण्डारी (सुवेदी), नेपाली कांग्रेसबाट किशोर राई, नेकपा (एकृकीत समाजवादी) बाट रेवतीरमण राई, जसपाबाट ताजुबकुमार लिम्बु, मौलिक जरोकिलोबाट रेणुका विक, मङ्गोल नेशनल अर्गनाइजेसनबाट दिर्पाकुमारी राई, राष्ट्रिय जनमुक्तिबाट राजेशकुमार राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अम्

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 182 पटक पढिएको
  • एक करोड ९४ लाख मतपत्र छाप्दै आयोग

    बिर्तामोड / निर्वाचन आयोगले स्थानीय चुनावका लागि मतपत्र छाप्ने काम धमाधम भइरहेको जनाएको छ । सोमबार सम्म एक करोड ५४ लाख ८३ हजार गरि ६३ जिल्लालाई पुग्ने गरि मतपत्र छपाएको आयोगले जनाएको छ ।हालसम्म ८० प्रतिशत मतपत्र छपाइको काम सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आयोगले एक करोड ९४ लाख मतपत्र लाग्ने अनुमान गरेको छ ।

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 104 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : २० हजार बढी पर्यवेक्षक खटिने

    काठमाडौँ / वैशाख ३० मा हुन लागेको चुनावका लागि २० हजार भन्दा बढी पर्यवेक्षक खटिने भएका छन् । पर्यवेक्षकका लागि अनुमति लिएका ६८ वटा संस्थाबाट २० हजार बढी पर्यवेक्षक चुनावमा खटिने भएका हुन् ।६८ संस्थाबाट पर्यवेक्षकका लागि २० हजारभन्दा बढीको प्रस्ताव आएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । सो प्रस्तावमाथि चेकजाँच गरेर आयोगले पर्यवेक्षक हुनका लागि परिचय पत्र पनि जारी गर्ने भएको छ । आयोगले कुन पर्यवेक्षक कुन मतदानस्थलको पर्यवेक्षणका लागि जाने हो भन्नेसमेत सार्वजनिक गर्ने भएको छ । पर्यवेक्षकहरूलाई यही वैशाख १४ मा आयोगले अभिमुखीकरण पनि दिने भएको छ ।

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 108 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता सङ्ख्यामा एमाले सबै दलभन्दा अगाडि

    झापा / आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी दिएको छ । निर्वाचन आयोगको उम्मेदवारी लगत विवरणअनुसार अन्य दलभन्दा एमालेबाट उम्मेदवारी दर्ताको संख्या बढी देखिएको हो । निर्वाचन आयोगको लगतअनुसार प्रमुख पदमा एमालेबाट दुई सय ८१ जनाको उम्मेदवारी परेको छ भने अध्यक्ष पदमा चार सय ४३ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै उपप्रमुख पदमा दुई सय ७६ र उपाध्यक्षमा तीन सय ५७ जनाको उम्मेदवारी परेको छ । एमालेबाट वडा अध्यक्ष पदमा ६ हजार २३४ जनाको उम्मेदवारी दर्ता भएको आयोगको तथ्याङ्कमा उल्लेख छ । सत्तारुढ

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 99 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.