भोजपुर / नेकपा (माओवादी केन्द्र) भोजपुर जिल्ला कमिटीले पार्टीको नीति, निर्णय र निर्देशन विपरित गठबन्धन भन्दा बाहिरको दलको चुनाव चिन्ह लिएर मनोनयन दर्ता गरेको भन्दै तीन जनालाई कारबाही गरेको छ। 

भोजपुर नगरपालिकाका मोहनसेन राई, षडादन्द नगरपालिकाका शेखर तामाङ र ओमकुमार श्रेष्ठलाई पार्टीले कारवाही गरेको हो । 

OM Sai Pathibhara Hospital

पार्टीको निर्णय विपरित आसन्न स्थानीय तहको चुनावमा मनोनयन गरेको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको माओवादी केन्द्र भोजपुरका संयोजक नरेन्द्र भुजेल (शैलेन्द्र) ले जानकारी दिए । 

संयोजक भुजेलका अनुसार यसरी पार्टीको निर्णय विपरित जाने जुनसुकै तहका नेतालाई समेत अनुशासनको कारबाही गरिने छ । भुजेलले आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीको काममा फर्किए पुनर्विचार गर्ने समेत बताएका छन् ।