बिर्तामोड / निर्वाचन आयोगले स्थानीय चुनावका लागि मतपत्र छाप्ने काम धमाधम भइरहेको जनाएको छ । 

सोमबार सम्म एक करोड ५४ लाख ८३ हजार गरि ६३ जिल्लालाई पुग्ने गरि मतपत्र छपाएको आयोगले जनाएको छ ।

OM Sai Pathibhara Hospital

हालसम्म ८० प्रतिशत मतपत्र छपाइको काम सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । 

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आयोगले एक करोड ९४ लाख मतपत्र लाग्ने अनुमान गरेको छ ।