बिर्तामोड / बिर्तामोड नगरपालिकाको मेयर पदका लागि १० जना र उपमेयरका लागि नौ जनाले उम्मेदवारी दिएका छन् ।

आसन्न स्थानीय तह निर्वाचनका लागि नौ वटा राजनीतिक दल र स्वतन्त्रबाट गरी मेयरमा १० र उपमेयरमा नौ जनाले उम्मेदवारी दिएका हुन् । 

OM Sai Pathibhara Hospital

एमालेबाट मेयरमा पवित्रादेवी महतारा, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भोजराज सिटौला, राप्रपाबाट ध्रुवकुमार उप्रेती , मौलिक जरोकिलोबाट प्रज्वल अधिकारी शर्मा, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट राजकुमार लावती, नेपाल लोकतान्त्रिकबाट अञ्चल धिमाल, जसपाबाट उदय सुरुङ्गा, अमूल परिवर्तन मसिहा पार्टी नेपालबाट मनकुमार खुदाङ लिम्बू र स्वतन्त्रबाट नगेन्द्र अधिकारीले उम्मेद्वारी दिएका निर्वाचन अधिकृतको कार्यालय बिर्तामोडले जनाएको छ । 

त्यस्तै बिर्तामोडको उपमेयरमा एमालेबाट नगेन्द्र सङ्ग्रौला, राप्रपाबाट रञ्जु प्याकुरेल, एकीकृत समाजवादीबाट तीर्थ सिग्देल, मौलिक जरोकिलोबाट रितादेवी निरौला, गठबन्धनबाट माओवादी केन्द्रका तर्फबाट सिपी कडरिया, जनता समाजवादीबाट चीजा राई , विवेकशील साझाबाट निशा सोनी कर्ण, मंगोल नेशनल अर्गनाइजेशनबाट रितादेवी शेर्माजसपाबाट चीजा राईले उम्मेद्वारी दिएका छन् । 

बिर्तामोडमा जम्मा २२३ जनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार मेयर १०, उपमेयर ९ , वडाध्यक्ष ५४ , महिला सदस्य ३७, दलित महिला सदस्य ३१, खुल्ला सदस्यमा ८२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।