झापा / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा फरक विचार राख्नेहरूकाे राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्न भइरहेको बताएका छन् ।

आज (बुधबार) बिहान विज्ञप्ति निकालेर नेता कोइरालाले राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षड्यन्त्र पनि भएको उल्लेख गरेका छन् । 

OM Sai Pathibhara Hospital

उनले लेखेका छन्, –‘सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरूको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरू भएका छन्, कैयन साथीलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षड्यन्त्र पनि भएका छन्, पार्टीभित्र रहेका यस्ता गलत कार्य तत्काल अन्त्य हुनुपर्छ ।’

टिकट वितरणको विषयलाई लिएर देशभरिबाट असन्तुष्टि आएको उल्लेख गर्दै नेता कोइरालाले बागी उम्मेदवारी दिनेहरूलाई पार्टीमै फर्कन पनि अपिल गरेका छन् ।  । 

टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरु सार्वजनिक भएको उल्लेख गर्दै उनले त्यसको पीडा इमानदार र निष्ठावान् कार्यकर्ताहरू भोगिरहेका बताएका छन् ।