काठमाडौँ / वैशाख ३० मा हुन लागेको चुनावका लागि २० हजार भन्दा बढी पर्यवेक्षक खटिने भएका छन् । पर्यवेक्षकका लागि अनुमति लिएका ६८ वटा संस्थाबाट २० हजार बढी पर्यवेक्षक चुनावमा खटिने भएका हुन् ।

६८ संस्थाबाट पर्यवेक्षकका लागि २० हजारभन्दा बढीको प्रस्ताव आएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । सो प्रस्तावमाथि चेकजाँच गरेर आयोगले पर्यवेक्षक हुनका लागि परिचय पत्र पनि जारी गर्ने भएको छ । 

OM Sai Pathibhara Hospital

आयोगले कुन पर्यवेक्षक कुन मतदानस्थलको पर्यवेक्षणका लागि जाने हो भन्नेसमेत सार्वजनिक गर्ने भएको छ । पर्यवेक्षकहरूलाई यही वैशाख १४ मा आयोगले अभिमुखीकरण पनि दिने भएको छ ।