बुटवल / रूपन्देहीको सिद्धार्थनगर-६ की स्वेताकुमारी हरिजनले २१ वर्षको उमेरमै वडा सदस्यमा उम्मेदवारी दिएकी छन् । 

उनले एमालेबाट सिद्धार्थनगर-६ को वडा सदस्यका लागि सोमबार उम्मेदवारी दर्ता गराएकी हुन् ।

OM Sai Pathibhara Hospital

रूपन्देहीका १६ वटा पालिकामा करिब २४ सय जनाले मनोनयन दर्ता गराएकोमा उनले दलित महिला सदस्यको रुपमा उम्मेदवारी दर्ता गराएकी हुन्

उनले युवाहरूको जोस र जाँगरले मात्रै विकासमा गतिशीलता आउन सक्ने विचार धाराका साथ कान्छी प्रतिनिधि बन्दै उम्मेदवारी दिएकी हुन् । 

हाल स्नातक तहमा अध्ययनरत स्वेताले विकासमा युवाको भूमिका महत्वपूर्ण रहने बताउँदै आएकी छिन् । 

सिद्धार्थनगर मा एमालेबाट वडाध्यक्षमा रामदयाल गुप्ता, वडा सदस्यमा अनिता क्षेत्री, रामप्रसाद श्रेष्ठ, मोहम्मद अकिल मुसलमान र स्वेताकुमारी हरिजनले उम्मेदवारी दर्ता गराएका हुन् ।