बिर्तामोड / बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि झापामा दुई हजार नौ सय २८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । 

मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमका अनुसार ११ र १२ गते भएको मनोनयन दर्तामा मेयर पदमा एक सय ३० जनासहित दुई हजार नौ सय २८ जनाले उम्मेद्वारी दिए हुन् । 

OM Sai Pathibhara Hospital

पालिका प्रमुखमा एक सय ३०, उपमेयर र उपाध्यक्षमा एक सय ११ जनाले उम्मेद्वारी दर्ता गरेका मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।

गौतमका अनुसार पालिकाको प्रमुख पदका लागि अर्जुनधाराबाट चार, भद्रपुरबाट सात जना, कनकाईबाट आठ, झापाबाट ८, कमलबाट सात, गौरीगञ्जबाट सात, बुद्धशान्तिबाट सात, हल्दीबारीबाट चार, शिवसताक्षी, मेचीनगर, बिर्तामोड, कचनकवल र बाह्रदशीबाट १०–१० जना र दमकबाट १६ र गौरादहबाट ११ जनाले उम्मेद्वारी दिएका छन् । 

उपप्रमुखमा भद्रपुरबाट सात जना, मेचीनगरबाट आठ, बिर्तामोडबाट नौ, कनकाइबाट आठ, शिवसताक्षीबाट छ, कनकाईबाट आठ, गौरादहबाट सात, दमकबाट ११ र अर्जुनधाराबाट पाँच जनाले मनोनयन दर्ता गराएका छन् । 

त्यसतै उपाध्यक्षमा बुद्धशान्तिबाट ११, कचनकवलबाट छ, बाह्रदशीबाट पाँच, झापाबाट छ, कमलबाट आठ, गौरीगञ्जबाट आठ र हल्दीबारीबाट छ जनाले उम्मेद्वारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए  

यस्तै एक सय ३१ वडामा छ सय ८१ जनाले वडाध्यक्ष पद्मा उम्मेद्वारी दर्ता गएका छन् । महिला सदस्यहरूमा पाँच सय ७ जना, दलित महिला सदस्यहरुमा चार सय १०, खुल्ला सदस्यमा एक हजार ८९ जनाले उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए ।