राजनीति

    Showing 7,901-7,910 of 10,372 items.
  • स्थानीय तह निर्वाचन –२०७९ मा २४ प्रतिशत युवा उम्मेदवार

    झापा / स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरूको उम्मेदवारी परेको छ । २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले उम्मेदवारी दिएको आयोगको तथ्याङ्क छ ।वैशाख ३० गते हुने निर्वाचनका लागि कुल १ लाख ४५ हजार १० जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये २१ देखि ३५ वर्ष उमेर समूहका पुरुष १८ हजार ७८० र महिला १६ हजार ४८७ ले उम्मेदवारी  दिएका हुन् । पुरुषको एकल प्रतिशत १२.९५ छ भने महिलाको एकल ११.३६ प्रतिशत हुन्छ ।त्यस्तै, ३६ देखि ५० वर्ष उमेर समूहमा उम्मेदवारको संख्या सबैभन्दा बढी छ । सो उमेर समूहको पुरुषमा ३९ हजार ६६९ र महिला २७ हजार ४९३ जना उम्मेदवार हुनुहुन्छ ।

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 104 पटक पढिएको
  • मतगणना स्थलमा सिसि क्यामेरा जडान

    काठमाडौँ / निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतगणना स्थलमा सिसि क्यामेरा राख्ने भएको छ । आयोगले मतगणना स्थलमा मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राख्न सीसी क्यामेरा जडान गर्न सरकारसँग आग्रह गरेको हो । आयोगले निर्वाचनका लागि ७ सय ५३ स्थानीय तहका मतगणना स्थलमा अनिवार्य रुपमा सिसि क्यामेरा राख्न निर्देशन दिएको थियो । आयोगले मतगणना स्थलमा सिसि क्यामेरा राख्न संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय तहमा परिपत्र गरिसकेको छ ।मत गणनाको समयमा कुनै विवाद आएमा विद्युतीय अभिलेखीकरणका लागि उपयोगी हुने भएकोले पनि आयोगले सिसि क्यामेराको प्रबन्ध गर्न निर्देशन दिए

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 100 पटक पढिएको
  • लोकतान्त्रिक वाम गठबन्धनको प्रतिवद्धतापत्रमा सार्वजनिक

    धरान / लोकतान्त्रिक वाम गठबन्धनले धरानलाई महानगरपालिकादेखि उज्यालो धरान बनाउने सम्मका योजना प्रतिवद्धतापत्रमा समेटेको छ ।शनिवार धरान १२ गोरखा होटलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवद्धतापत्रमा धरानलाई महानगरपालिकाका बनाउनेदेखि उज्यालो धरान बनाउनेसम्मका योजना सार्वजनिक गरेको हो ।वैशाख ३० को आसन्न स्थानीय निर्वाचन अन्तर्गत धरान उपमहानगरपालिकाको निर्वाचनमा होमिएको लोकतान्त्रिक वाम गठबन्धनका उमेद्वारहरुले प्रतिबद्धतापत्र यस्तै सार्वजनिक गरेको प्रतिद्धतापत्रमा धरानको जटिल समस्याको रुपमा रहेको खानेपानी समस्या, सर्वसाधारणको दैनिक जीवनमा पर्ने समस्या, धरानको गुरु योजना, धरानलाई खेलकुदको सहर

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 100 पटक पढिएको
  • आचरणविपरीत जाँदा ४६ जना म्यादी प्रहरी सेवाबाट बर्खास्त

    काठमाडौं / आचरण विपरीतका गतिविधि गरेपछि ४६ जना म्यादी प्रहरी सेवाबाट बर्खास्त भएका छन् । नेपाल प्रहरीले जसरी ‘व्यावसायिक आचरण’ पालना गर्नुपर्ने म्यादी प्रहरीले आचरण विपरितका काम गरेपछि ४६ जना कारबाहीमा पर्दै बरखास्त भएका हुन् ।नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले मादक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टिकाटिप्पणी गर्दै हिँड्ने र कुटपिट गर्ने काम गरेपछि कारवाही गरेको बताएका छन् । कारबाहीमा परेकामध्ये काठमाडौंमा उपत्यकामा खटिएका एक म्यादी प्रहरी भने बलात्कारको आरोपमा प्रहरी हिरासतमा रह

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 135 पटक पढिएको
  • पोखराको चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देन

    काठमाडौं / हिन्दु राष्ट्र पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन कास्कीको पोखरा गएका छन् । पोखरामा दिउँसो हुने चुनावी सभालाई लिङ्देनले सम्बोधन गर्ने भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका हुन् । पोखराको कार्यक्रमपछि नेपालगञ्ज जाने भएका लिङ्देन पार्टीको पक्षमा माहोल बनाउन आफैं चुनावी कमान्डर बनेर खटिएका हुन् । पार्टीको पक्षमा जनमत देखिएको भन्दै एक्लै निर्वाचन लडेर स्थानीय तहमा निर्वाचन जितिने पनि उनले दावी गरेका छन् । गएको माघमा पार्टीको लामो समय नेतृत्व गरेका नेता कमल थापा अलग भएका छन् भने थापालाई पराजित गर्दै लिङ्देन नेतृत्वमा प

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 108 पटक पढिएको
  • कांग्रेस र एमालेका दुई गाडीमा आगजनी

    सुर्खेत / सुर्खेतमा नेकपा एमाले र कांग्रेसले प्रचारप्रसारका लागि प्रयोग गर्दै आएको गाडीमा  अपरिचित समूहले आगो लगाएको छ । वीरेन्द्रनगर–६ मा पर्ने मुख्य राजमार्गमा रोकेर राखिएको दुईटा गाडीमा  अपरिचित समूहले गएराती आगजनी गरेका हो ।जुम्ला रोडस्थित सत्कार होटल अगाडि रहेको बा १४ च ६८३१ नं को स्कारपियो र सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२-००१ ख ००६१ नम्बरको मिनी बसमा आगजनी भएको हो ।स्कारपियो नेपाली कांग्रेसले चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो भने मिनी बस नेकपा एमालेले प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो ।२ बजे स्कारपियो र साढे २ बजे मिनीबसमा आगजनी भएको क

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 141 पटक पढिएको
  • देउवा पत्नी आरजु विरुद्ध निर्वाचन आयोगमा उजुरी

    काठमाडौं / प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । हरिशप्रसाद अवस्थीले गलत अभिव्यक्ति राखेको भन्दै देउवा पत्नीसमेत रहेकी आरजु विरुद्ध उजुरी दिएका हुन् ।विहीबार स्थानीय तह निर्वाचनको प्रचारको क्रममा ‘कांग्रेसको मेयर भएको ठाउँमा मात्र पैसा पठाउने’ अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएकी हुन् । अवस्थीले मतदाता र करदाताको गम्भीर अपमान भएको भन्दै उजुरी दिएका छन् ।आरजु राणाले स्थानीय तह निर्वाचनको प्रचारका क्रममा दिएको अभिव्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको उजुरीमा उल्लेख गरि

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 145 पटक पढिएको
  • ओलीले आज प्रदेश –१ का चार चुनावी सभालाई सम्बोधन गर्दै

    झापा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकै दिन प्रदेश –१ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने पार्टीको चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिए । स्थानीय तह चुनावको मिति नजिकिँदै गर्दा अध्यक्ष ओलीले चुनाव केन्द्रित सभाका लागि व्यस्त छन् । त्यसो त उनले ३० बढी जिल्ला पुगेर सम्बोधन गरिसकेका छन् ।अध्यक्ष ओलीले भोलि (आइतबार) चितवनको भरतपुर महानगरपालिकामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने छन् । भोलि नै उनी रुपन्देहीको बुटवल हुने चुनावी सभालाई सम्बोधन गर्न पुग्नेछन् ।&nbs

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 117 पटक पढिएको
  • सर्वोच्चद्वारा अफ्ताव आलमलाई थुनामुक्त गर्न अस्वीकार

    काठमाडौं / सर्वोच्च अदालतले निलम्बित सांसद मोहम्मद अफ्ताव आलमलाई थुनामुक्त गर्न आदेश दिन अस्वीकार गरेको छ । व्यक्ति हत्याको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रौतहटको आदेशविरुद्ध आलमले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिन अस्वीकार गरेको हो ।सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मलता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमको रिहाइको आदेश दिन अस्वीकार गरेको हो ।जिल्ला अदालतको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासले पनि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश सदर गरेपछि आलम सर्वोच्च पुगेका हुन् ।

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 107 पटक पढिएको
  • माओवादी केन्द्र भद्रपुरका १७ जना नेता पुनः पार्टीमा फर्किए

    बिर्तामोड / माओवादी केन्द्र भद्रपुरका १७ जना नेताहरू पुनः पार्टीमै फर्किएका छन् । गत वैशाख १२ गते साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका उनीहरूले गठबन्धनलाई विजय गराउन भन्दै आज (शुक्रबार) पुनः पुरानै जिम्मेवारी फर्किएका हुन् ।  मिरा अधिकारी (सञ्जेल), नरेश सञ्जेल, भरतसिंह राजवंशी, धिरेन राजवंशी, चन्द्रमणि गौतम, ज्ञान बहादुर पुरी, विष्णु बहादुर राई, गंगा प्रसाद राई, कृष्ण तामाङ (सन्तोष), योगराज अधिकारी, शिवराज घिमिरे, लक्ष्मण जमरकट्टेल, अरबिन्द्र अधिकारी, रुद्र प्रसाद निरौला, मोक्ष नन्दन निरौला, चन्द्र बहादुर तामाङ र रञ्जीत राई पुनः पार्टीमा फकिएका छन् । जिल्ला र प

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 339 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.