काठमाडौं / आचरण विपरीतका गतिविधि गरेपछि ४६ जना म्यादी प्रहरी सेवाबाट बर्खास्त भएका छन् । 

नेपाल प्रहरीले जसरी ‘व्यावसायिक आचरण’ पालना गर्नुपर्ने म्यादी प्रहरीले आचरण विपरितका काम गरेपछि ४६ जना कारबाहीमा पर्दै बरखास्त भएका हुन् ।

OM Sai Pathibhara Hospital

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले मादक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टिकाटिप्पणी गर्दै हिँड्ने र कुटपिट गर्ने काम गरेपछि कारवाही गरेको बताएका छन् । 

कारबाहीमा परेकामध्ये काठमाडौंमा उपत्यकामा खटिएका एक म्यादी प्रहरी भने बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका छन् । 

४६ जनाले गैर व्यावसायिक आचरण देखिएकाले उनीहरूलाई कारबाही गरिएको केसीले बताएका छन् ।