काठमाडौं / हिन्दु राष्ट्र पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन कास्कीको पोखरा गएका छन् । 

पोखरामा दिउँसो हुने चुनावी सभालाई लिङ्देनले सम्बोधन गर्ने भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका हुन् । 

OM Sai Pathibhara Hospital

पोखराको कार्यक्रमपछि नेपालगञ्ज जाने भएका लिङ्देन पार्टीको पक्षमा माहोल बनाउन आफैं चुनावी कमान्डर बनेर खटिएका हुन् । 

पार्टीको पक्षमा जनमत देखिएको भन्दै एक्लै निर्वाचन लडेर स्थानीय तहमा निर्वाचन जितिने पनि उनले दावी गरेका छन् । 

गएको माघमा पार्टीको लामो समय नेतृत्व गरेका नेता कमल थापा अलग भएका छन् भने थापालाई पराजित गर्दै लिङ्देन नेतृत्वमा पुगेका थिए ।