बिर्तामोड / माओवादी केन्द्र भद्रपुरका १७ जना नेताहरू पुनः पार्टीमै फर्किएका छन् । 

गत वैशाख १२ गते साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका उनीहरूले गठबन्धनलाई विजय गराउन भन्दै आज (शुक्रबार) पुनः पुरानै जिम्मेवारी फर्किएका हुन् ।  

OM Sai Pathibhara Hospital

मिरा अधिकारी (सञ्जेल), नरेश सञ्जेल, भरतसिंह राजवंशी, धिरेन राजवंशी, चन्द्रमणि गौतम, ज्ञान बहादुर पुरी, विष्णु बहादुर राई, गंगा प्रसाद राई, कृष्ण तामाङ (सन्तोष), योगराज अधिकारी, शिवराज घिमिरे, लक्ष्मण जमरकट्टेल, अरबिन्द्र अधिकारी, रुद्र प्रसाद निरौला, मोक्ष नन्दन निरौला, चन्द्र बहादुर तामाङ र रञ्जीत राई पुनः पार्टीमा फकिएका छन् । 

जिल्ला र प्रदेश नेतृत्वले भद्रपुर नगर पार्टीमा देखिएको राजनैतिक र सांगठनिक समस्याको हल दिने कुरामा प्रतिवद्ध गरेपछि पुनः पार्टीमा फर्किएको झापा जिल्ला सचिवालय सदस्य तथा भद्रपुर नगर इन्चार्ज नरेश सञ्जेलले जानकारी दिए । 

नेपाली राजनीतिलाई नयाँ निकास दिन, प्रतिगमन विरुद्ध खरो उत्रिन, गठबन्धनलाई विजय गराउन, सहिद, बेपत्ता, घाइते, अंगभंग र जेलबन्धीहरुको सपना पुरा गर्ने उद्देश्यले पुनः पार्टीमा फकिएको सञ्जेलले बताएका छन् । 

पार्टीका उच्च तहका नेताहरूले इमानदार र पार्टी प्रति निष्ठावान् नेताहरूलाई जिम्मेवारी नदिई आफू अनुकुल नेताहरूलाई मात्र जिम्मेवारी दिएको भन्दै उनिहरूले पार्टी परित्याग गरेका गरेका  थिए ।