काठमाडौँ / निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतगणना स्थलमा सिसि क्यामेरा राख्ने भएको छ । 

आयोगले मतगणना स्थलमा मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राख्न सीसी क्यामेरा जडान गर्न सरकारसँग आग्रह गरेको हो । 

OM Sai Pathibhara Hospital

आयोगले निर्वाचनका लागि ७ सय ५३ स्थानीय तहका मतगणना स्थलमा अनिवार्य रुपमा सिसि क्यामेरा राख्न निर्देशन दिएको थियो । 

आयोगले मतगणना स्थलमा सिसि क्यामेरा राख्न संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय तहमा परिपत्र गरिसकेको छ ।

मत गणनाको समयमा कुनै विवाद आएमा विद्युतीय अभिलेखीकरणका लागि उपयोगी हुने भएकोले पनि आयोगले सिसि क्यामेराको प्रबन्ध गर्न निर्देशन दिएको हो । 

दुर्गम स्थानीय निकायमा इन्टरनेटको असुविधा र बजेटका कारण पनि शत प्रतिशत स्थानमा सिसि क्यामेरा जडान गर्न समस्या हुन सक्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।