झापा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकै दिन प्रदेश –१ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । 

मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने पार्टीको चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

स्थानीय तह चुनावको मिति नजिकिँदै गर्दा अध्यक्ष ओलीले चुनाव केन्द्रित सभाका लागि व्यस्त छन् । त्यसो त उनले ३० बढी जिल्ला पुगेर सम्बोधन गरिसकेका छन् ।

अध्यक्ष ओलीले भोलि (आइतबार) चितवनको भरतपुर महानगरपालिकामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने छन् । भोलि नै उनी रुपन्देहीको बुटवल हुने चुनावी सभालाई सम्बोधन गर्न पुग्नेछन् ।