धरान / लोकतान्त्रिक वाम गठबन्धनले धरानलाई महानगरपालिकादेखि उज्यालो धरान बनाउने सम्मका योजना प्रतिवद्धतापत्रमा समेटेको छ ।

शनिवार धरान १२ गोरखा होटलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवद्धतापत्रमा धरानलाई महानगरपालिकाका बनाउनेदेखि उज्यालो धरान बनाउनेसम्मका योजना सार्वजनिक गरेको हो ।

OM Sai Pathibhara Hospital

वैशाख ३० को आसन्न स्थानीय निर्वाचन अन्तर्गत धरान उपमहानगरपालिकाको निर्वाचनमा होमिएको लोकतान्त्रिक वाम गठबन्धनका उमेद्वारहरुले प्रतिबद्धतापत्र यस्तै सार्वजनिक गरेको प्रतिद्धतापत्रमा धरानको जटिल समस्याको रुपमा रहेको खानेपानी समस्या, सर्वसाधारणको दैनिक जीवनमा पर्ने समस्या, धरानको गुरु योजना, धरानलाई खेलकुदको सहर बनाउने योजनाका साथै सुन्दर, उज्यालो एवम् पर्यटकीय गन्तव्य स्थल बनाउने लगायतका कुरालाई आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा दीर्घकालीन योजनाहरू, भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा लगायतका कुराहरुलाई समेटेको छ ।

यस्तै धरानलाई स्वास्थ्यको हब बनाउँदै प्रतिष्ठाको सुधारका लागि पहल कदमी अगाडि सार्ने, धरानका दीर्घरोगीहरुका लागि निःशुल्क औषधो उपचारका प्रदान गर्ने, धरानलाई पर्यटकीय हव बनाउने, धरान तथा धरान आसपासमा रहेका क्षेत्रर्संग लिंक रोड निर्माण गर्ने, कुरालाई समेत समेटिएको छ । 

घोषणापत्र सार्वजनिक पछि गठबन्धनबाट कांग्रेसका तर्फबाट मेयर प्रत्यासी बनेका किशोर राईले धरानको समस्यालाई सुक्ष्मरुपमा अध्ययन गरी घोषणापत्र सार्वजनिक गरिएको बताउँदै यसलाई पूरा गरेर जाने प्रतिबद्धता जनाए ।