सुर्खेत / सुर्खेतमा नेकपा एमाले र कांग्रेसले प्रचारप्रसारका लागि प्रयोग गर्दै आएको गाडीमा  अपरिचित समूहले आगो लगाएको छ । 

वीरेन्द्रनगर–६ मा पर्ने मुख्य राजमार्गमा रोकेर राखिएको दुईटा गाडीमा  अपरिचित समूहले गएराती आगजनी गरेका हो ।

OM Sai Pathibhara Hospital

जुम्ला रोडस्थित सत्कार होटल अगाडि रहेको बा १४ च ६८३१ नं को स्कारपियो र सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२-००१ ख ००६१ नम्बरको मिनी बसमा आगजनी भएको हो ।

स्कारपियो नेपाली कांग्रेसले चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो भने मिनी बस नेकपा एमालेले प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो ।

२ बजे स्कारपियो र साढे २ बजे मिनीबसमा आगजनी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

आगलागीबाट स्कारपियोको टायर र बाहिरी भागमा क्षति भएको छ भने मिनीबसको सिसा र भित्र सिटहरुमा क्षति भएको समेत प्रहरीले जनाएको छ ।