काठमाडौं / प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । 

हरिशप्रसाद अवस्थीले गलत अभिव्यक्ति राखेको भन्दै देउवा पत्नीसमेत रहेकी आरजु विरुद्ध उजुरी दिएका हुन् ।

OM Sai Pathibhara Hospital

विहीबार स्थानीय तह निर्वाचनको प्रचारको क्रममा ‘कांग्रेसको मेयर भएको ठाउँमा मात्र पैसा पठाउने’ अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएकी हुन् । 

अवस्थीले मतदाता र करदाताको गम्भीर अपमान भएको भन्दै उजुरी दिएका छन् ।

आरजु राणाले स्थानीय तह निर्वाचनको प्रचारका क्रममा दिएको अभिव्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको उजुरीमा उल्लेख गरिएको छ ।

उजुरीमा जनताको करबाट सृजित राज्यको साधन स्रोत राणाले आफ्नो इच्छानुसार परिचालन गर्न नपाउने समेत उल्लेख गरिएको छ । 

नेतृ आरजुले गृहजिल्ला डडेल्धुरामा आयोजित चुनावी कार्यक्रममा मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने बताएकी थिइन् ।