राजनीति

    Showing 7,881-7,890 of 10,372 items.
  • चुनावी प्रचारमा बालबालिकाको प्रयोगबारे छानबिन गर्दै आयोग

    काठमाडौं / निर्वाचन आचारसंहिता २०७८ ले जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा १८ वर्ष पूरा नभएका बालबालिकाको प्रयोग गर्न नहुने व्यवस्था गरेको छ । आचारसंहिताको  उक्त  व्यवस्थालाई  बेवास्ता गर्दै सबै प्रमुख राजनीतिक दलले र्यालीमा बालबालिकाको निर्बाध रूपमा प्रयोग गरेको पाइएपछि आयोगले छानविन थालेको हो ।आचारसंहितालाई उलङ्घन गर्दै बालबालिकाको अत्यधिक प्रयोग गर्ने मध्ये नेकपा (एकीकृत  समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) अग्रपङ्क्तिमा रहेका छन् । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले बालबालिकाको प्रयोग भएको वस्तुगत रूपमा प्रमाण पुगेको अवस्थामा कानुनबम

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 125 पटक पढिएको
  • वडाध्यक्ष थापाको निधन

    खोटाङ / पाँच वर्षे कार्यकाल सकिन लाग्दा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका –७ टेम्माका वडाध्यक्षको निधन भएको छ ।फोक्सोमा पानी जमेपछि बिरामी भएका वडाध्यक्ष धनबहादुर थापा मगर मगरको आइतबार राति २ बजे निधन भएको हो । गत वैशाख ७ गते उपचारका लागि नोवेल अस्पताल विराटनगरमा लगिएका थापा मगरलाई आइतबार राति ८ बजे घर ल्याइएको थियो । थापा मगर २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट वडाध्यक्षमा विजयी बनेका थिए । १५ मंसिर १९९७ मा जन्मिएका उनी गाउँपालिकाकै ज्येष्ठ जनप्रतिनिधि थिए । पञ्चायत कालमा २०२२ सालदेखि राजनीतिमा लागेका थापा मगर २०३३ सालमा वडाध्यक्ष, २०३८ सालमा प्रधानपञ्च र २

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 99 पटक पढिएको
  • धारिलो हतियार प्रहार गरी युवकको हत्या

    चितवन / चितवनको भरतपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका –१२ घर भएका अन्दाजी ३५ वर्षीय अनिल परियारको हत्या गरिएको हो । आइतबार साँझ ७ः३० बजे भरतपुर महानगर –७ स्थित कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको डीएसपी अधिकारीले जानकारी दिए । उनलाई अज्ञात समूहले आक्रमण गरेको बताइएको छ । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको डीएसपी अधिकारीले बताए । घटना के कारणले कसले गर्‍यो भन्ने बारेमा प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परियार गत वर्ष मात

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 112 पटक पढिएको
  • एमालेका मेयर उम्मेदवारको गाडीमा आगजनी

    दैलेख / दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा आगजनी भएको छ । चालक गाडीभित्रै सुतिरहेको समयमा आठबीस नगरपालिका –४ राकम कर्णालीको खोली बजारस्थित श्रृष्टि होलमा पार्क गरी राखिएको बा १९ च ५५७९ नम्बरको स्कार्पियोमा गएराति अज्ञात समूहले आगजनी गरेको हो ।गाडी आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोली बजारस्थित सृष्टि होलमा पार्किङ् गरेर राखिएको थियो । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पुर्याएका थिए । जसकारण गाडीमा ठूलो क्षति भने नभएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घटनाबारे &n

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 148 पटक पढिएको
  • उम्मेदवारी त्यागेर एमालेमा प्रवेश

    झापा / झापामा मङ्गोल नेशनल अर्गनाइजेसनबाट वडा सदस्य पदकी उम्मेदवार तारादेवी दर्जी एमाले प्रवेश गरेकी छन् । झापाको मेचीनगर-७ की तारादेवीले एमालेलाई समर्थन गरेको वक्तव्य जारी गर्दै वडा सदस्यको उम्मेदवारी फिर्ता लिएकी हुन् । इँटाभट्टामा आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेलाई जिताउनु पर्ने भन्दै उनले एमाले प्रवेश गरेकी हुन् ।एमालेबाट वडा अध्यक्षका उम्मेदवार प्रह्लादमणि ओलीलगायत एमालेका सबै उम्मेदवारहरूलाई आफ्नो समर्थन रहेको समेत तारादेवीले बताएकी छिन् ।आगामी दिनमा नेकपा (एमाले)मा क्रियाशील रहने समेत उनले बताएकी छन् ।

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 144 पटक पढिएको
  • सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्न सक्दैनन् : भीम रावल

    धनगढी / नेकपा एमाले नेता भीम रावलले सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन्। स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्ने अनि दक्षिणपन्थी भन्दै आएको कांग्रेससँग कुन आधारमा एकता भएको भनेर प्रश्न गरे।उनले सत्ता स्वार्थका लागि कांग्रेससँग कार्यगत एकता गर्नु जनतामाथिको धोका भएको उनले जिकिर गरे। सच्चा कम्युनिस्ट पार्टीले कांग्रेसलाई भोट हाल्न नसक्ने उनले बताए। रावलले एमालेबाट बनेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्‍न आग्रह समेत गरेका छन् । एमालेका उम्मेदवार विजयी भए मात्रै देशमा विकास निर्माणका कार्यले तीव्र

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 100 पटक पढिएको
  • दलको प्रचार गरेको भन्दै हटाइयो सहायक निर्वाचन अधिकृतलाई

    मकवानपुर / मकवानपुरमा राजनीतिक दलको प्रचार गरेको आरोपमा एक जना सहायक निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।मकवानपुरस्थित मकवानपुरगढी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनीलाई जिम्मेवारीबाट हटाइएको हो ।उनीमाथि सामाजिक सञ्जालबाट दलको चुनावी प्रचार गरेको आरोप लगाएर पदबाट हटाइएको छ।पुडासैनीलाई गत सोमबार सहायक मतदान अधिकृतको जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृत कार्यालय मकवानपुरले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 110 पटक पढिएको
  • मृत्यु भएका मतदाताको नाम पनि समावेश

    दाङ / दाङमा स्थानीय तहहरूले नामावली नपठाएपछि मृत्यु भएकाहरूको नाम मतदाताको नामावलीबाट नाम हटाइएको छैन । नाम नहटाएपछि जिल्लामा भएका मतदातामध्ये केही मृत्यु भएका पनि समावेश हुन सक्ने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताएका छन् । दाङमा दोहोरो नाम भएका मतदाताको मात्रै नामावलीबाट हटाइएको र बाँकी अन्य कुनै मतदाताको नाम नहटाइएको कुँवरले बताएका छन् ।स्थानीय तहले १८ वर्षमाथिका मृत्यु भएकाको तत्थ्यांक नपठाएपछि मृत्यु भएकाहरूको समेत नाम मतदाता नामावलीमा समावेश भएको हुन सक्ने उनको भनाइ छ । निर्वाचन आयोगमा दाबीविरोध परेकाको तथ्याङ्क मात्रै पठाएको त

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 102 पटक पढिएको
  • मुस्लिम एकता समाजका अध्यक्षसहित चार सय जना एमाले प्रवेश

    काठमाडौं / स्थानीय तह निर्वाचनको मुखमा मुस्लिम एकता समाजका अध्यक्षसहित चार सय जना एमाले प्रवेश गरेको छ ।शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर –५ स्थित महाराजगन्जमा आयोजित एक समारोहबीच एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समाजका अध्यक्षसहित सबै सदस्यहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।पोखरेलका अनुसार समाजका अध्यक्ष अहमद कमालको नेतृत्वमा झण्डै ४ सय जना सदस्य एमालेमा प्रवेश गरेका हुन् ।एमालेबाट नै मुलुकको प्रगति र समृद्धि हुने विश्वासका साथ सिंगो समाजमा आवद्ध सदस्यहरू एमाले प्रवेश गरेको अध्यक्ष कमालले बताए । समाजद्वारा आयोजित ईदको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रममा समाजबाहेक अन्य ज

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 104 पटक पढिएको
  • मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई दिने तालिम

    काठमाडौं / आसन्न स्थानीय तहको निर्वाचनमा खटाइएको मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ । आयोगले १६७ मतदानस्थल गरी ४०४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई दिनका लागि तालिम दिएको हो ।तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षका विषयमा छलफल भएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकार क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने प्रकुया लगायतका विषयमा तालिम दिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताएका छन् ।पर्सामा एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ अन्य गरी कूल तीन लाख

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 109 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.