झापा / झापामा मङ्गोल नेशनल अर्गनाइजेसनबाट वडा सदस्य पदकी उम्मेदवार तारादेवी दर्जी एमाले प्रवेश गरेकी छन् । 

झापाको मेचीनगर-७ की तारादेवीले एमालेलाई समर्थन गरेको वक्तव्य जारी गर्दै वडा सदस्यको उम्मेदवारी फिर्ता लिएकी हुन् । 

OM Sai Pathibhara Hospital

इँटाभट्टामा आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेलाई जिताउनु पर्ने भन्दै उनले एमाले प्रवेश गरेकी हुन् ।

एमालेबाट वडा अध्यक्षका उम्मेदवार प्रह्लादमणि ओलीलगायत एमालेका सबै उम्मेदवारहरूलाई आफ्नो समर्थन रहेको समेत तारादेवीले बताएकी छिन् ।

आगामी दिनमा नेकपा (एमाले)मा क्रियाशील रहने समेत उनले बताएकी छन् ।