काठमाडौं / आसन्न स्थानीय तहको निर्वाचनमा खटाइएको मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ । 

आयोगले १६७ मतदानस्थल गरी ४०४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई दिनका लागि तालिम दिएको हो ।

OM Sai Pathibhara Hospital

तालिममा मतदानको प्रक्रिया, कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षका विषयमा छलफल भएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकार क्षेत्र, मतदान केन्द्र निर्माण गर्ने प्रकुया लगायतका विषयमा तालिम दिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताएका छन् ।

पर्सामा एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ अन्य गरी कूल तीन लाख ३९ हजार ८३६ मतदाता छन् । 

मतदान र सहायक मतदान अधिकृतको नियुक्तिसँगै मतदानस्थल, निर्वाचन अधिकृतको कार्यालय र अन्य सुरक्षा व्यवस्थालाई चुस्त पारिएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताएका छन् ।