काठमाडौं / निर्वाचन आचारसंहिता २०७८ ले जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा १८ वर्ष पूरा नभएका बालबालिकाको प्रयोग गर्न नहुने व्यवस्था गरेको छ । 

आचारसंहिताको  उक्त  व्यवस्थालाई  बेवास्ता गर्दै सबै प्रमुख राजनीतिक दलले र्यालीमा बालबालिकाको निर्बाध रूपमा प्रयोग गरेको पाइएपछि आयोगले छानविन थालेको हो ।

OM Sai Pathibhara Hospital

आचारसंहितालाई उलङ्घन गर्दै बालबालिकाको अत्यधिक प्रयोग गर्ने मध्ये नेकपा (एकीकृत  समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) अग्रपङ्क्तिमा रहेका छन् । 

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले बालबालिकाको प्रयोग भएको वस्तुगत रूपमा प्रमाण पुगेको अवस्थामा कानुनबमोजिम कारबाही हुने दाबी गरेका छन् । 

भण्डारी केन्द्रीय आचारसंहिता अनुगमन समितिका  संयोजक समेत रहेका छन् ।