खोटाङ / पाँच वर्षे कार्यकाल सकिन लाग्दा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका –७ टेम्माका वडाध्यक्षको निधन भएको छ ।

फोक्सोमा पानी जमेपछि बिरामी भएका वडाध्यक्ष धनबहादुर थापा मगर मगरको आइतबार राति २ बजे निधन भएको हो । 

OM Sai Pathibhara Hospital

गत वैशाख ७ गते उपचारका लागि नोवेल अस्पताल विराटनगरमा लगिएका थापा मगरलाई आइतबार राति ८ बजे घर ल्याइएको थियो । 

थापा मगर २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट वडाध्यक्षमा विजयी बनेका थिए । १५ मंसिर १९९७ मा जन्मिएका उनी गाउँपालिकाकै ज्येष्ठ जनप्रतिनिधि थिए । 

पञ्चायत कालमा २०२२ सालदेखि राजनीतिमा लागेका थापा मगर २०३३ सालमा वडाध्यक्ष, २०३८ सालमा प्रधानपञ्च र २०४९ सालमा गाविस अध्यक्ष भएका थिए ।