दैलेख / दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा आगजनी भएको छ । 

चालक गाडीभित्रै सुतिरहेको समयमा आठबीस नगरपालिका –४ राकम कर्णालीको खोली बजारस्थित श्रृष्टि होलमा पार्क गरी राखिएको बा १९ च ५५७९ नम्बरको स्कार्पियोमा गएराति अज्ञात समूहले आगजनी गरेको हो ।

OM Sai Pathibhara Hospital

गाडी आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोली बजारस्थित सृष्टि होलमा पार्किङ् गरेर राखिएको थियो ।

चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पुर्याएका थिए । जसकारण गाडीमा ठूलो क्षति भने नभएको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घटनाबारे  इलाका प्रहरी कार्यालय राकम कर्णालीले अनुसन्धान गरिरहेको छ ।