चितवन / चितवनको भरतपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका –१२ घर भएका अन्दाजी ३५ वर्षीय अनिल परियारको हत्या गरिएको हो । 

OM Sai Pathibhara Hospital

आइतबार साँझ ७ः३० बजे भरतपुर महानगर –७ स्थित कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको डीएसपी अधिकारीले जानकारी दिए । उनलाई अज्ञात समूहले आक्रमण गरेको बताइएको छ । 

उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको डीएसपी अधिकारीले बताए । 

घटना के कारणले कसले गर्‍यो भन्ने बारेमा प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परियार गत वर्ष मात्रै चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए ।